काठमाडौं । गोलकिपर डियागो कोस्टाले ‘टाइब्रेकर’मा तीन प्रहार बचाएपछि स्लोभेनियाविरुद्ध पेनाल्टी सुटआउटमा ३–० को जित निकाल्दै पोर्चुगल युरो–२०२४ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । सोमबार जर्मनीको डोयुचे बैंक पार्कमा खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा सकिएपछि नतिजाको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो ।
पेनाल्टीमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो, ब्रुनो फर्नान्डेज र बर्नार्डो सिल्भाले गोल गरे । स्लोभेनियाका योसेफ इलिचिच, जुर बाल्कोभिच र बेन्जामिन भर्बिचको प्रहारलाई पोर्चुगलका गोलकिपर डियागो कोस्टाले विफल बनाए ।त्यसअघि, कप्तान रोनाल्डोले १०५औँ मिनेटमा पेनाल्टीको अवसर खेर फाल्दा पोर्चुगल अग्रता लिनबाट चुकेको थियो । सोही मिनेटमा स्लोभेनियाका प्रशिक्षक माजास केकले रातो कार्डको दर्शन गर्दै मैदान छाडेका थिए ।
जितसँगै पोर्चुगलले सातौँपटक युरोपियन च्याम्पियनसिपको क्वार्टरफाइनलमा स्थान बनाएको हो । पोर्चुगलले अब सेमिफाइनल प्रवेशका निम्ति फ्रान्ससँग खेल्नेछ । सोमबार राति नै भएको अर्को खेलमा बेल्जियमविरुद्ध १–० को जित निकाल्दै फ्रान्सले क्वार्टरफाइनल यात्रा तय गरेको थियो ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ