काठमाडौं । नेपाली बजारमा सुनको मूल्य पहिलोपटक तोलाको डेढ लाख रुपैयाँ पुगेको छ । सोमबार छापावाल (२४ क्यारेट) सुन प्रतितोला एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रतितोला एक हजार ७८५ रुपैयाँमा करोबार भइरहेको छ । चाँदीको मूल्य हिजोकै कायम छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक