काठमाडौं । नेपाली बजारमा बिहीबार (कात्तिक २०) सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ३७ हजार ८०० रुपैयाँ कायम छ । बुधबार (कात्तिक १९) छापावाल सुन प्रतितोला दुई लाख ३७ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला तीन हजार १० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला दुई हजार ९९० रुपैयाँमा कारोबार भएको थियो ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक