Logo

मंगलवार, भाद्र ९ गते २०८३

ओलीको मुटुको धड़कन बढेकाले उनलाई अस्पतालमै राखिने 

ओलीको मुटुको धड़कन बढेकाले उनलाई अस्पतालमै राखिने 


ओलीको मुटुको धड़कन बढेकाले उनलाई अस्पतालमै राखिने 


१४ चैत, काठमाडौं ।

एमाले अध्यक्ष केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । शनिबार बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न उनलाई अस्पताल लगिएको थियो । आकस्मिक कक्षमा प्रारम्भिक केही परीक्षण गरिएपछि चिकित्सकको सल्लाह अनुसार नै भर्ना गरिएको थियो ।

ओली अहिले ‘एनेक्स वान’को ५०१ बेडमा उपचाररत छन् । थप स्वास्थ्य परीक्षण गर्ने काम भइरहेको छ 
उपचारमा संलग्न एक चिकित्सकका अनुसार ओलीको स्वास्थ्य अवस्थाबारे अहिले विभिन्न शारीरिक परीक्षण भइरहेका छन् ।

एक्सरे गर्दा भने पेटमा ढुंगा रहेको पाइएको ती चिकित्सकले बताए । उक्त ढुंगाका कारण पेट दुखेको हुनसक्ने ती चिकित्सकले बताउँछन् । अहिले पेट रोग विशेषज्ञ हेरिरहेका छन् ।

मुटुको अवस्था बुझ्न ‘इको’ परीक्षण गरिएको छ । मिर्गौलासम्बन्धी जाँच पनि भइरहेको छ ।
‘अहिले मुटु र मिर्गौलाको थप परीक्षणकै गरिहरेका छौँ । सबै परीक्षणको रिपोर्ट आएपछि डिस्चार्ज गर्न सकिने कि थप राख्नुपर्ने भन्न सकिन्छ,’ ती चिकित्सक भन्छन् ।
जेनजी आन्दोलनमा दमन गरेको आरोपमा फौजदारी कसुरमा कारबाही सिफारिस भएपछि प्रहरीले पूर्व प्रधानमन्त्री ओलीलाई आज बिहान गुण्डु निवासबाट पक्राउ गरेको थियो । तत्कालीन गृहमन्त्री रमेश लेखक पनि आजै पक्राउ परेका छन् ।
आज शनिबारको दिन सार्वजनिक बिदा भएकाले उनीहरूलाई आइतबार मात्रै अदालत पेस गर्ने तयारी छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक