२० चैत,काठमाडौँ ।
प्रतिनिधि सभाको सभामुख चयनका लागि आज शुक्र बार उम्मेदवारी दर्ताको कार्यक्रम तय गरिएको छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको तालिकाअनुसार आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ भने दिउँसो २.३० बजे दर्ता क्रमअनुसार उम्मेदवारहरूको सूची प्रकाशन गरिनेछ।
यसअघि बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले आगामी चैत २२ गते आइतबारका लागि सभामुखको निर्वाचनको मिति तोकेका थिए। सोही निर्देशनअनुसार संसद् सचिवालयले निर्वाचनको सम्पूर्ण तयारी पूरा गरी आज मनोनयन दर्ता गर्न लागेको हो।
यसपटकको सभामुख निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना उपसभापति डोलप्रसाद (डीपी) अर्याललाई उम्मेदवार बनाउने आधिकारिक निर्णय गरिसकेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक