Logo

मंगलवार, भाद्र ९ गते २०८३

के जिबि राई जिउदै छन ? - ईश्वर अर्याल

के जिबि राई जिउदै छन ? - ईश्वर अर्याल


के जिबि राई जिउदै छन ? - ईश्वर अर्याल

 हालै एक अन्तर्वार्तामा रास्वपाका सांसद पुकार बमले ‘जिउँदो छन् भने जीबी राईलाई ल्याइने’ दाबी गरेको भिडियो क्लिप जताततै भाइरल छ । ‘जिउँदो छन् भने’ भन्ने शर्त नै अचम्मको छ । 

‘मलेसिया माई सेकेन्ड होम’ स्कीम अन्तर्गत जीबी राईले यहाँको पैसा हुण्डीमा कन्भर्ट गरेर क्वालालम्पुरको देशापण्डनमा आलिशान अपार्टमेन्ट किनेर बसेका छन् । मलेसियाले ल्याएको उक्त स्कीम टन्न पैसा लैजान सक्ने विदेशीहरूका लागि हो । 
 जीबी कानूनतः त्यहाँको नागरिक हुन् र मलेसियाले कुनै हालतमा उनलाई नेपाल सुपुर्दगी नगर्ने स्पष्ट छ । अझ जीबीको क्ष्मभलतष्तथ नै परिवर्तन भएको चर्चा पनि चलेको छ । उनले प्लास्टिक सर्जरी पनि गरेका हुन सक्छन् । मलेसियाले व्यापारी व्यवसायीहरूको सुरक्षा राम्रोसँग गर्छ, नेपालजस्तो आगो लिएर झोस्न जाने खालको वातावरण त्यहाँ छैन । 

रह्यो कुरा, जिउँदो कि मरेको ? जीबीको परिचय मेटिएर र नयाँ परिचय बनेपछि जिउँदो र मरेको भन्ने बहस व्यर्थ छ । यो सरकारले जीबीलाई नेपाल ल्याउन सक्ला भनेर सोच्नुपर्ने कुनै आधार छैन । 
    
जीबीविरुद्ध सूर्यदर्शन सहकारीमार्फत १ अर्ब ११ करोड १ लाख रुपैयाँ ठगी गरेको आरोप छ । प्रहरीले इन्टरपोलमा जीबीसहित पूर्वअध्यक्ष भुपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढामगरविरुद्ध समेत डिफ्यूजन नोटिस जारी गरेको ३ वर्ष हुन लागिसक्यो ।

डिफ्यूजन नोटिस जारी भएपछि इन्टरपोलका १९६ देशले सम्बन्धित व्यक्ति आफ्नो मुलुकमा भएरनभएको सूचना प्रदान गर्छन् । जीबी मलेसियामा लोकेट भएको सूचना इन्टरपोल मलेसियाले एनसीबी काठमाडौंलाई पठाएको त छ तर, पक्राउ गरेर नेपाललाई सुपुर्दगी गर्न कुनै पहल गरेको छैन । 

जीबी राई कहाँ छन्, रवि दाइलाई थाहा छ...

गृहमन्त्री हुँदा रवि लामिछानेले जीबी राई मलेसियामा रहेको र उनी बसेको ठाउँबारे जानकारी प्राप्त भइसकेको दाबी गरेका थिए । २ वर्षअघि रविले आफ्नै पार्टीको कार्यक्रममा सहकारी ठगेर फरार भएका जीबी राईलाई जहाँ बसेको भए पनि समाएर ल्याउने भनेपछि हुरुरु ताली आएको थियो । उनले भनेका थिए-आकाशमा होस्, पातालमा होस्, समाएर ल्याउँछौँ, समय लाग्ला, कसले भगायो, त्यो पनि खोज्छौँ ।

अब पालो आएको छ-कहाँबाट ल्याउने हो, कसरी ल्याउने हो । लामिछानेले कि त त्यतिबेला झुट बोलेको हुनुपर्यो, थाहा छ भनेर । कि त, अब ल्याएर देखाउनुपर्यो ।

 

खोज पत्रकारिता गरिरहेका पत्रकार ईश्वर अर्यालले आफ्नो वालमा लेखेका छन। के जिबि राई जिउदै छन ?

ish.PNG

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक