Logo

मंगलवार, भाद्र ९ गते २०८३

एमालेका महासचिव  शंकर पोखरेलको दाबी -नयाँ शक्ति तासको महल जस्तै

एमालेका महासचिव  शंकर पोखरेलको दाबी -नयाँ शक्ति तासको महल जस्तै


एमालेका महासचिव  शंकर पोखरेलको दाबी -नयाँ शक्ति तासको महल जस्तै

 
२८ चैत,काठमाडौँ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोकप्रियतावाद र अराजकताको जगमा उभिएका नयाँ शक्तिहरूको भविष्य संकटमा रहेको दाबी गरेका छन् ।
उनले विचार र सिद्धान्तबिनाको एकता लामो समय टिक्न नसक्ने ठोकुवा गर्दै नयाँ शक्तिहरूबीच आन्तरिक द्वन्द्व बढ्दै गएको टिप्पणी गरेका छन् ।

रवि लामिछाने र वालेन्द्र साहलाई संकेत गर्दै पोखरेलले विचार नमिल्नेहरूबीच स्वार्थको टकराव शुरू हुनासाथ विग्रह उत्पन्न हुने बताएका छन् ।
उनका अनुसार नयाँ भनिएका शक्तिहरूले लोकतान्त्रिक स्पेस खुम्च्याउने प्रयास गरिरहेका छन् । उनले विद्यार्थी संगठन र ट्रेड युनियनमाथि भएको भनिएको प्रहारको पनि आलोचना गरेका छन् ।

पोखरेलले एमाले अधिनायकवाद र स्वेच्छाचारी शासनविरुद्ध दृढ रूपमा उभिने बताउँदै संसद्मा पार्टीको संख्या कम भए पनि भूमिका निर्णायक र आक्रामक हुने स्पष्ट पारेका छन् ।

उनले भनेका छन्, “रवि लामिछानेलाई जेलको झोला बोकाउने बालेनको अभियान थियो, तर चुनावमा स्वार्थका लागि मिले । जहाँ विचार मिल्दैन, त्यहाँ स्वार्थको टकराव शुरू हुनासाथ विग्रह आउँछ । जुन शक्ति जति तीव्र गतिमा उदाउँछ, त्यसको पतन पनि त्यति नै छिटो हुन्छ । पपुलिज्मले जनताका समस्या समाधान गर्दैन, केवल भ्रम छर्छ ।”

प्रधानमन्त्रीले संसद्मा भन्दा सुरक्षा निकायका कार्यक्रममा बढी समय दिने गरेको भन्दै पोखरेलले आपत्ति जनाएका छन् । उनले जनताको सार्वभौम थलो संसद्मा बोल्न प्रधानमन्त्री डराउने गरेको प्रश्न समेत उठाएका छन् ।

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक