Logo

मंगलवार, भाद्र ९ गते २०८३

मोदीले पठाए बालेन शाहलाई भारत भ्रमणको निम्तो

मोदीले पठाए बालेन शाहलाई भारत भ्रमणको निम्तो


मोदीले पठाए बालेन शाहलाई भारत भ्रमणको निम्तो


२९ चैत,काठमाडौँ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहलाई भारतको भ्रमणको औपचारिक निमन्त्रणा पठाएका छन् । मौरिससमा आयोजित हिन्द महासागर सम्मेलनको साइडलाइनमा भारतीय समाचार च्यानलका पत्रकार सिधान्त सिबलसँग कुरा गर्दै परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्री शाहको सम्भावित भारत भ्रमण र नेपालको नयाँ परराष्ट्र नीतिका विषयमा विस्तृत जानकारी दिएका हुन् ।
परराष्ट्रमन्त्री खनालका अनुसार नेपालमा निर्वाचन सम्पन्न हुनेबित्तिकै भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री शाहलाई टेलिफोन गरेर बधाई दिएका थिए । सोही बधाई सन्देशमार्फत मोदीले प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो दिएको र प्रधानमन्त्री शाहले उक्त निमन्त्रणा स्वीकार गरिसकेको खनालले स्पष्ट पारेका छन् ।

भारत भ्रमणको मिति भने तत्काल तय भइसकेको छैन । मौरिससमै भारतीय विदेशमन्त्री एस। जयशंकरसँगको पहिलो प्रत्यक्ष भेटवार्तामा परराष्ट्रमन्त्री खनालले द्विपक्षीय सम्बन्ध र आगामी भ्रमणबारे छलफल गरेका थिए । 
नयाँ सरकार गठन भएको भर्खर दुई हप्ता मात्रै भएकाले सरकारले अहिले आफ्ना आन्तरिक प्राथमिकताहरू तय गरिरहेको उनले भारतीय पक्षलाई जानकारी गराएका छन् । नेपाल र भारतबिच झण्डै ४० वटा विभिन्न द्विपक्षीय संयन्त्रहरू सक्रिय रहेको उल्लेख गर्दै खनालले ती संयन्त्रहरूमार्फत अघि बढ्ने बताए । 

भारतीय विदेशमन्त्री जयशंकर र आफूबिच पहिले नेपालले आन्तरिक रूपमा आफ्ना प्राथमिकता तय गर्ने र त्यसैका आधारमा विभिन्न उच्चस्तरीय भ्रमणहरू सुरु गर्ने सहमति भएको उनले खुलाए । प्रधानमन्त्री शाहको भारत भ्रमणको उपयुक्त समय पनि अन्ततः द्विपक्षीय संयन्त्रहरूले नै निर्धारण गर्ने उनको भनाइ छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक