७ वैशाख, काठमाडौं ।
गृहमन्त्री सुधन गुरूङले पार्टी सभापति रवि लामिछानेलाई भेटेका छन्। गृहमन्त्रीको सम्पत्ति स्रोतलाई लिएर विभिन्न खबरहरू आइरहेका छन्।
यसै सन्दर्भमा गृहमन्त्री र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता र कुराकानी भएको छ।
सम्पत्तिको स्रोत तथा सम्पत्ति शुद्धीकरण कसुरमा हाल हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग साँठगाँठु देखिएको भन्दै गृहमन्त्रीको आलोचना भइरहेको छ।
यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले गृहमन्त्री गुरूङलाई सोधपुछ गरेका हुन्।
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि, मन्त्री हुनुभन्दा ५ दिन अगाडिसम्म, करिब ५० दिन अवधिमा उनले ५० लाख रूपैयाँभन्दा बढीको सेयर दोस्रो बजारबाट किनेको भेटिएको थियो।
यसबाहेक दीपक भट्ट समूहको कम्तीमा दुई वटा लघु बिमा कम्पनीमा गृहमन्त्री गुरूङ थप ५० लाख रूपैयाँको संस्थापक सेयर लगानीकर्ता रहेको प्रमाण बाहिर आएपछि सभापति लामिछानेले गृहमन्त्री गुरूङलाई बोलाएर यसबारे सोधेका हुन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा गृहमन्त्री गुरूङले आफूसँग भएको सेयर उल्लेख गरेका थिएनन्। यहीँबाट शंका उब्जिएको थियो।
सभापतिसँगको भेटमा गृहमन्त्री गुरूङले आफूले वैध आयबाटै सेयर खरिद गरेको जानकारी दिएको रास्वपाका एक नेताले बताए।
गृहमन्त्री गुरूङले आफ्नो तर्फबाट प्रष्टीकरण दिए पनि पार्टी अनुशासन आयोगले यसबारे बुझिरहेको ती नेताले बताए।
सोमबार अपराह्न ३ बजे राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ। यहाँ पनि यसबारे छलफल हुने नेताहरूले बताएका छन्।
गृहमन्त्रीले देखाएको विवरणबारे पनि अध्ययन हुनेछ। गलत नै देखिए पार्टीले जोगाउने प्रश्न आउँदैन, रास्वपाका एक नेताले भने, गृहमन्त्री गुरूङले आफूले अवैध तवरले सेयर खरिद नगरेको भनेकोले यसको सत्यताबारे पनि अध्ययन भइरहेको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक