१९ वैशाख, काठमाडौं ।
सर्वोच्च अदालतले ट्राफिक प्रहरीलाई सवारी चालक अनुमति पत्र (लाइसेन्स), ब्लुबुक र चाबी नखोस्न आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश श्रीकान्त पौडेल र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले गत पुष ६ गरेको व्याख्यामा यस्तो आदेश दिइएको हो ।
उक्त व्याख्या हाल हाल सार्वजनिक भएको छ । जहाँ लाइसेन्स, ब्लुबुक र चाबी खोस्ने वा नियन्त्रणमा लिने कार्यलाई गैरकानूनी हुने उल्लेख छ ।
कानूनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीले लाइसेन्स, ब्लुबुक र चाबी खोस्ने काम गैरकानूनी भएको र यस्तो कार्य बन्द गर्न माग गर्दै रिट दायर गरेका थिए । सोही रिटमाथिको सुनुवाइका क्रममा अदालतले यस्तो कार्य गैरकानूनी हुने उल्लेख गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक