Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

ग्राहकको डेढ करोड बढी रकम चोरी गर्ने एनआईएमबि बैंकका पियन कारागार चलान

ग्राहकको डेढ करोड बढी रकम चोरी गर्ने एनआईएमबि बैंकका पियन कारागार चलान


ग्राहकको डेढ करोड बढी रकम चोरी गर्ने एनआईएमबि बैंकका पियन कारागार चलान


काठमाडौँ । 
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबि) का कर्मचारी कारागार चलान भएका छन् । ग्राहकको रकम आफ्नो खातामा ट्रान्सफर गरेर घोटाला गरेको कसुरमा पक्राउ परेका बैंकको तौलिहवा शाखाका कर्मचारी रिसभ कार्की कारागार चलान भएका हुन् ।
पक्राउ परेका कार्कीसँग उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीशहरु रमेश ढकाल र चन्द्रमणि ज्ञवालीको इजलासले ५० लाख धरौटी माग गरेको थियो । तर, अदालतले माग गरेको अनुसारको धरौटी बुझाउन नसकेपछि उनलाई कारागार चलान गरिएको प्रहरीले जनाएको छ ।
उनीमाथि ग्राहकको मोबाइल बैंकिङ ट्रान्जेक्सन अलर्ट समेत नहुनेगरी मोबाइल बैंकिङ तथा कनेक्ट आईपीएसबाट १ करोड ६५ लाख रुपैयाँ ट्रान्सफर गरेर चोरी गरेको आरोप छ ।

गत चैत महिनाको पहिलो सातामै पक्राउ परेका कार्कीमाथि प्रहरीले ढेड महिना भन्दा लामो समय अनुसन्धान गरेको थियो । अनुसन्धान सकेर उनलाई अदालतमा पेश गरिएको थियो । सोही क्रममा अदालतले माग गरे बराबर धरौटी तिर्न नसकेपछि हाल उनलाई कारागार चलान गरिएको छ ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ