Logo

बुधवार, भाद्र १० गते २०८३

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान


रास्वपा सभापति रवि लामिछाने भारत प्रस्थान

१८ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने पाँचदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् ।

भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा सभापति लामिछाने केहीबेर अघि भारत प्रस्थान गरेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानसथलमा पत्रकारहरुले उनको प्रतिक्रिया लिन खोजेका थिए । तर लामिछानेले भारतबाट फर्किएपछि कुरा गर्ने भन्दै थप बताएनन् ।

सभापति लामिछानेसँगै रास्वपाका सहमहामन्त्री तथा प्रतिनिधि सभा सदस्य विपिनकुमार आचार्य, सचिवालय सदस्य तथा प्रतिनिधि सभा सदस्य दीपक बोहोरा, पत्नी निकिता पौडेल र प्रदीप आचार्य रहेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • ‘स्याफ्रुबेसीदेखि टिमुरेसम्म कसैसँग पनि सम्पर्क हुन सकेको छैन’- अध्यक्ष दावा सिदार वाइबा

    १० भदौ, कामना। तिब्बततर्फबाट आएको बाढीले रसुवा-नुवाकोटमा ठूलो क्षति भएको छ । रसुवाको भोटेकोशीमा आएको बाढीले तटीय क्षेत्रका बस्ती बगाएको छ । क्षतिको विवरण आउन बाँकी