Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान

अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान


अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ जना विद्यार्थी चीन प्रस्थान

काठमाडौँ । ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडका लागि ६ नेपाली विद्यार्थी चीन प्रस्थान गरेका छन् । यस वर्ष चीनको शांघाईमा आयोजना हुने ६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ मा नेपालको प्रतिनिधित्व गर्न छनौट भएका ६ जना विद्यार्थी हिजो शनिबार चीन गएका हुन् । 

म्याथमेटिकल एसोसिएसन अफ नेपालले देशभर सञ्चालन गरेको जिल्ला, प्रदेश र राष्ट्रिय तहको बहुचरणीय छनोट तथा विशेष प्रशिक्षणपछि ६ विद्यार्थीहरूलाई छनोट गरेको हो । यस वर्ष छनोट हुने प्रतिस्पर्धीहरूमा मिसन जोशी, युगान्तर कालाखेती, प्रसिद्ध थापा, आयम आचार्य, अरिज पोखरेल र निसान खत्री रहेका छन् ।६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाड नेपालको अन्तर्राष्ट्रिय गणित ओलम्पियाड २०२६ टोलीका नेता अध्यक्ष हरि प्रपन्न कँडेलका अनुसार यो प्रतियोगिता सरकारको स्टिम विकाससम्बन्धी राष्ट्रिय कार्यविधि–२०८२ अनुरूप सञ्चालन हुँदै आएको छ र यसको प्रतिवेदन विज्ञान,प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा समेत पेस गरिनेछ ।

विगत एक दशकभन्दा बढी समयदेखि सञ्चालित यस कार्यक्रमले नेपाली विद्यार्थीको तार्किक क्षमता, सिर्जनशील सोच र अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक क्षमता विकासमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको कँडेलले बताए ।यस वर्षको नेपाली टोलीमा उपनेता नारायण पौडेल, संयोजकमा छवि ढुङ्गाना र प्रमुख प्रशिक्षकमा प्रजित अधिकारी रहेका छन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ