प्रधानमन्त्रीले प्रदर्शन गर्न खोजेको ‘रहस्यमयी व्यक्तित्व’ अन्ततः उहाँ स्वयं र उहाँप्रति विश्वास गर्ने आम नागरिककै लागि प्रत्युत्पादक बन्न सक्छ। लोकतान्त्रिक व्यवस्थामा सरकार प्रमुख कुनै रहस्यमयी पात्र होइन , उहाँ जनताको मतबाट निर्वाचित सार्वजनिक नेतृत्व हुनुहुन्छ। त्यसैले नागरिकसँग दूरी कायम गर्दै कृत्रिम रहस्यको आवरण निर्माण गर्नु नेतृत्वको बल होइन।
देश कठिन परिस्थितिबाट गुज्रिरहेको बेला नागरिकसँग निरन्तर संवाद गर्नु, उनीहरूका पीडा र चिन्ता सुन्नु तथा आशा र भरोसा जगाउनु सरकार प्रमुखको पहिलो दायित्व हो। मौनता कहिलेकाहीँ रणनीति हुन सक्छ, तर लामो मौनताले सरकार र जनताबीचको विश्वास कमजोर बनाउँछ।
नेपाललाई अहिले रहस्यमयी छविको होइन, नागरिकसँग सहज रूपमा संवाद गर्ने, जवाफदेही र पारदर्शी नेतृत्वको आवश्यकता छ। सरकार गठन भएको केही महिना बितिसक्दा पनि नागरिकले अपेक्षा गरेजस्तो संवाद र नेतृत्वको अनुभूति गर्न नसकेको गुनासो बढ्दै गएको छ। यसले सरकार र जनताबीच हुनुपर्ने अपनत्व क्रमशः कमजोर पारिरहेको देखिन्छ।
प्रधानमन्त्रीज्यू, जनताको मन रहस्यमयी छविले होइन, खुला संवाद, पारदर्शिता र उत्तरदायी नेतृत्वले जितिन्छ। लोकतन्त्रमा मौनता होइन, नागरिकसँगको निरन्तर संवाद नै नेतृत्वको सबैभन्दा ठूलो शक्ति हो।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक