Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

अ

 मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरु

 मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरु


 मन्त्रिमण्डल हेरफेरको गृहकार्य सुरु

५ साउन, काठमाडौं ।

बालेन्द्र शाह नेतृत्वको मन्त्रिमण्डल पुनर्गठनको प्रक्रिया अघि बढाइएको छ । पछिल्लो समय जनअसन्तोष बढेको कारण देखाउँदै पार्टी सभापति रवि लामिछानेसँग प्रधानमन्त्रीले केही मन्त्री हेरफेर गर्ने अडान लिएपछि उक्त कार्य अघि बढेको स्रोतको दावी छ ।

अर्को हप्तासम्म मन्त्रिमण्डल हेरफेर हुने सम्भावना अत्यधिक छ । फेरिने मन्त्री र मन्त्रालयबारे एक चरण कुराकानी भएको भनिएको छ । तर, सबै कुरा बाहिरिएको छैन ।
  अघिल्लो साता प्रधानमन्त्री शाहले रास्वपाका  केही मन्त्री र सांसदहरुको विषयबारे सभापति लामिछानेसँग उनकै निवास बूढानीलकण्ठ पुगेर कुराकानी गरेका थिए ।

सोही क्रममा सभापति लामिछानेले पनि प्रधानमन्त्रीको सचिवालयबारे पूरै असन्तुष्टि जनाएको खबर बाहिरिएको थियो । यसबीचमा विशेषगरी अर्थमन्त्री डा.स्वर्णिम वाग्लेलाई प्रधानमन्त्री कार्यालयमा भएका उच्चस्तरीय भेटघाटमा विभागीय मन्त्रीको उपस्थिति अनिवार्य हुँदाहुँदै पनि सहभागी नगराएपछि अनेक टिकाटिप्पणी भएको थियो । 


शनिबार साँझदेखि  सभापति लामिछाने र अर्थमन्त्री तथा उपसभापति वाग्लेबीच धुलिखेलस्थित दुसित थानी हिमालय रिसोर्टमा आवासीय कुराकानी हुनुलाई अर्थपूर्ण मानिएको छ । प्रधानमन्त्री र सरकारको विरोधमा सांसदहरु उत्रेपछि १५ दिनका लागि संसद बैठकसमेत स्थगित गरिएको अवस्था छ ।

 

 

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ