Logo

बुधवार, भाद्र १० गते २०८३

रश्मी मृत्यु प्रकरणको निष्पक्ष छानविनको माग

रश्मी मृत्यु प्रकरणको निष्पक्ष छानविनको माग


रश्मी मृत्यु प्रकरणको   निष्पक्ष छानविनको माग

१२ साउन, कामना  ।

नेपाल वित्तीय संस्था कर्मचारी संघले रश्मी मृत्यु प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै संघले सानिमा क्यापिटलकी कम्प्लाइन्स अफिसर रश्मी रिजालको मृत्यु प्रकरणबारे निष्पक्ष छानविन गर्न माग गरेको हो । 

घटनाको प्रारम्भिक विवरण सार्वजनिक भए पनि वास्तविक कारण, कार्यस्थलको वातावरण, संस्थागत व्यवहार र सम्बन्धित पक्षको भूमिकाबारे तथ्य अझै सार्वजनिक नभएकाले अनुमानका आधारमा घटनाको निष्कर्ष निकाल्नु उपयुक्त नहुने संघका कार्यवाहक अध्यक्ष परशुराम खनाल र महासचिव विकास श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

नेपाल वित्तीय संस्था कर्मचारी संघले रश्मी मृत्यु प्रकरणमा निष्पक्ष छानविनको माग गरेको छ । उक्त घटनामा परिवारले उठाएका प्रश्न, कम्पनी व्यववस्थापनको भूमिकाबारे देखिएका जिज्ञासा र अनुसन्धान प्रक्रियाप्रतिको सार्वजनिक चासोले घटनालाई थप गम्भीर बनाएको विज्ञप्तिमा भनिएको छ ।

संघले उक्त घटनामा निष्पक्ष, स्वतन्त्र, पारदर्शी, वैज्ञानिक तथा प्रमाणमा आधारित छानबिन गरी यथाशीघ्र सत्यतथ्य सार्वजनिक गर्न माग गरेको छ ।  अनुसन्धानबाट कुनै व्यक्ति वा संस्थागत तहबाट मानसिक उत्पीडन, दुर्व्यवहार, लापरवाही वा कानून विपरीत कार्य भएको पुष्टि भएमा दोषीमाथि कडा कारबाही गर्न पनि संघले माग गरेको छ । 

rasmi.PNG

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नेपालको प्राज्ञिक धरोहर: त्रि-चन्द्र बहुमुखी क्याम्पसको गौरवशाली १०९ वर्ष इतिहास

    डा डासुराम पौडेल, उप-प्राध्यापक नेपालको प्राज्ञिक क्रान्तिको सुरुआत नेपालमा आधुनिक शैक्षिक चेतना र प्राज्ञिक विकासको प्रस्थानबिन्दुका रूपमा रहेको त्रि-चन्द्र बहुमुखी क्याम्पसको इतिहास अत्यन्तै रोचक र गौरवपूर्ण छ।