१४ जेठ, काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी मुलुक ओमानमाथि सैन्य आक्रमण गर्ने आशयको सीधा र गम्भीर धम्की दिएपछि मध्यपूर्वमा नयाँ तरंग पैदा भएको छ।
इरानसँगको जारी युद्ध र विश्वकै सबैभन्दा महत्त्वपूर्ण तेल आपूर्ति मार्ग ‘हर्मुज स्ट्रेट’ को नियन्त्रणलाई लिएर ह्वाइट हाउसमा आयोजित क्याबिनेट बैठकमा ट्रम्पले ओमानविरुद्ध कठोर टिप्पणी गरेका हुन्।
करिब १ लाखभन्दा बढी नेपाली श्रमिकहरू कार्यरत रहेको र लामो समयदेखि अमेरिकी मित्रराष्ट्रका रूपमा रहँदै आएको ओमानमाथि अमेरिकी राष्ट्रपतिबाटै यस्तो धम्की आएपछि नेपालको वैदेशिक रोजगार क्षेत्र र त्यहाँ रहेका नेपाली समुदायमा समेत चासो र चिन्ता बढेको छ।
ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले ओमानले “सभ्य व्यवहार” नगरे उसलाई अमेरिकाले “उडाइदिने” धम्की दिएका हुन्। इरान र ओमान मिलेर हर्मुज स्ट्रेट भएर आवतजावत गर्ने अन्तर्राष्ट्रिय पानीजहाजहरूबाट महसुल उठाउने तथा संयुक्त नियन्त्रण कायम गर्ने विषयमा छलफल गरिरहेको खबर बाहिरिएपछि ट्रम्प आक्रोशित बनेका हुन्।
पत्रकारले सोधेको प्रश्नको जवाफ दिँदै ट्रम्पले भने, “हर्मुज स्ट्रेटलाई कसैले पनि नियन्त्रण गर्न पाउने छैन। यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो। ओमानले अन्य देशहरूले जस्तै शिष्ट व्यवहार गर्नुपर्छ, अन्यथा हामीले उनीहरूलाई उडाइदिनुपर्ने हुन्छ। उनीहरूले यो कुरा राम्ररी बुझेका छन् र उनीहरू ठिकै रहनेछन्।”
शुरुमा ट्रम्पले ओमानको सट्टा भूलवश इरान भन्न खोजेको हुन सक्ने अनुमान गरिए पनि अमेरिकी विदेश मन्त्रालयले उनको सोही भनाइको भिडियो क्लिप र ‘ट्रान्सक्रिप्ट’ कुनै सच्यावट विना आधिकारिक रूपमा सामाजिक सञ्जालमा पोस्ट गरेपछि ओमानमाथि नै धम्की दिइएको स्पष्ट भएको छ।
यो तनावको पृष्ठभूमि सन् २०२६ को सुरुवाती महिनाहरूदेखि चर्किएको अमेरिका(इजरायल गठबन्धन र इरानबीचको प्रत्यक्ष युद्धसँग जोडिएको छ। गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि “अपरेशन एपिक फ्युरी” अन्तर्गत भीषण सैन्य आक्रमण सुरु गरेपछि मध्यपूर्वी क्षेत्र युद्धको चपेटामा परेको थियो।
इरानको आणविक कार्यक्रम र युरेनियम भण्डारणलाई नष्ट गर्ने उद्देश्यले गरिएको सो सैन्य कारबाहीपछि इरानले बदलास्वरूप विश्वकै रणनीतिक महत्वको जलमार्ग हहर्मुज स्ट्रेट बन्द गरिदिएको थियो।
विश्वको कुल तेल आपूर्तिको करिब २० प्रतिशत (एक तिहाइ तेल ढुवानी) यही साँघुरो जलमार्ग भएर ओसारपसार हुने गर्दछ। इरानले यो मार्ग बन्द गरेपछि विश्वभर ऊर्जा संकट चुलिएको छ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक