Logo

मंगलवार, भाद्र ९ गते २०८३

सर्वोच्चले माग्यो माधव नेपाल र डा.बाबुराम भट्टराईसँग लिखित जवाफ

सर्वोच्चले माग्यो माधव नेपाल र डा.बाबुराम भट्टराईसँग लिखित जवाफ


सर्वोच्चले माग्यो माधव नेपाल र डा.बाबुराम भट्टराईसँग लिखित जवाफ


२८ साउन, कामना ।

सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा.बाबुराम भट्टराईसँग लिखित जवाफ माग गरेको छ ।सर्वोच्चले दुवै जनाको नाममा आदेश जारी गर्दै मुद्दा चलाउन नपर्ने भए जवाफ पेस गर्न आदेश दिएको छ ।
नेपाल र भट्टराईका साथै सर्वोच्चले महान्यायाधीवक्ता कार्यालय र विशेष अदालतका नाममा समेत लिखित आदेश माग गरेको छ ।

मन्त्रिपरिषदको निर्णयको आडमा उन्मुक्ति दिएर पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई मुद्दा नचलाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपाने सर्वोच्च अदालत गएका थिए । उनले पूर्वप्रधानमन्त्रीहरू नेपाल र डा. भट्टराईमाथि समेत अनुसन्धान गरी मुद्दा चलाउनुपर्ने आदेश हुनुपर्ने माग गरेका थिए ।त्यही निवेदनमा पूर्वप्रधानमन्त्रीद्वयसँग लिखित जवाफ माग नगरी मुद्दा टुंग्याउन उचित नहुने भनी प्रधानन्यायाधीश मनोजकुमार शर्मा, न्यायाधीशहरू विनोद शर्मा र सुनिलकुमार पोखरेलको इजलासले लिखित जवाफ माग गरेको हो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक