Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

बाढीपहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध

बाढीपहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध


बाढीपहिरोले देशका विभिन्न मुख्य राजमार्ग अवरुद्ध

२६ भदौ, कामना ।
 बाढी र पहिरोका कारण बागमती र कर्णाली प्रदेशका विभिन्न प्रमुख राजमार्गहरू पूर्ण तथा आंशिक रूपमा अवरुद्ध भएका छन्। पछिल्लो विवरणअनुसार मुख्य सडक खण्डहरूमा यातायात आवागमन गम्भीर रूपमा प्रभावित बनेको छ। बागमती प्रदेशअन्तर्गत काभ्रेस्थित बीपी राजमार्गमा सम्भावित बाढीको जोखिमलाई मध्यनजर गर्दै साँझ ७ देखि बिहान ५ बजेसम्म १० टनसम्मका मालबाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ। अन्य समयमा पनि बिहान ४ देखि साँझ ६ बजेसम्म स्थलगत परिस्थितीको मूल्यांकन गरेर मात्रै सवारी सञ्चालन गर्न दिइएको छ। त्यसैगरी, रसुवाको त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी सडक खण्ड बाढीका कारण लामो समयका लागि पूर्ण रूपमा अवरुद्ध बनेको छ भने रसुवाका अन्य मुख्य राजमार्गहरू पनि अर्को सूचना नआएसम्मका लागि पूर्ण बन्द छन्।

नुवाकोटस्थित टोखा–छहरे सडक खण्डको शिवपुरी गाउँपालिका–८ घट्टेखोलामा बाढी र पहिरोको उच्च जोखिमका कारण राति १० देखि बिहान ५ बजेसम्म सवारी चलाउन निषेध गरिएको छ भने पासाङ ल्हामु सडक खण्डको बेत्रावती–१० सिमटारमा बाढीले गर्दा सडक पूर्ण रूपमा बन्द छ। पृथ्वी राजमार्गका विभिन्न खण्डमा पनि पहिरोले क्षति पुर्‍याएको छ। धादिङको बेनीघाट रोराङ–७ कृष्णभिर र थाक्रे गाउँपालिका–२ कमेरेभिरमा ठूलो पहिरो खस्दा सडक पूर्ण अवरुद्ध भएको छ। यद्यपि, धादिङ र चितवन सीमास्थित जबाङखोला तथा थाक्रे–२ बाह्रकिलो खण्डमा भने पहिरो पन्छाएर यातायात एकतर्फी रूपमा सुचारु गरिएको छ। सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ घट्टेखोलामा पहिरो खस्दा अरनिको राजमार्ग पनि पूर्ण रूपमा ठप्प भएको छ।

उता कर्णाली प्रदेशअन्तर्गत मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चामा पहिरो जाँदा मुगु–गमगढी सडक खण्ड पूर्ण रूपमा बन्द हुन पुगेको छ। सडक विभाग र सुरक्षाकर्मीको टोलीले अवरुद्ध सडकहरू पन्छाएर यातायात सुचारु गर्ने प्रयास गरिरहेका छन्। सम्बन्धित निकायले यात्रामा निस्कनुअघि सडकको हालको अवस्थाबारे जानकारी लिएर मात्र सुरक्षित यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ