Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

‘फुलबुटे सारी’ लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वर

‘फुलबुटे सारी’ लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वर


‘फुलबुटे सारी’ लिजेन्डरी भर्सनमा मदनकृष्णको स्वर

काठमाडौं । चर्चित गीत ‘फुलबुटे सारी’को मेल, फिमेल र बेबी भर्जनपछि अब लिजेन्डरी भर्जन पनि आउने भएको छ । यसको लिजेन्डरी भर्जनमा दिग्गज कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठको स्वर सुन्न पाइनेछ ।

पार्किन्सनका कारण गायन क्षेत्रबाट करिब बिदा लिइसकेकामा राजनराज शिवाकोटीको प्रस्तावलाई नकार्न नसकेर यसमा स्वर दिन तयार भएको कलाकार श्रेष्ठले जानकारी दिएका छन् । “फेरि एकपटक पुराना गायक भर्सनका रुपमा मलाई पनि गाउन लगाइएको छ । पार्किन्सनका कारण मैले गायन क्षेत्रबाट करिब करिब बिदा नै लिइसकेको थिएँ तैपनि राजनराज शिवाकोटी भाइले ल्यानुभएको प्रस्तावलाई नकार्न मन लागेन । एकपटक कोसिस गरेर हेरुँ न तजस्तो लाग्यो र प्रयास गरेँ...” कलाकार श्रेष्ठले आफ्नो फेसबुक वालमा लेखेका छन् ।

अन्तमा उनले ठट्यौली पारामा लेखेका छन्, “यो गीत गाउँदा मलाई न्वारानदेखिको बल निकाल्न परेको थियो हाहा...”

लिजेन्डरी भर्जनको गीत यही फागुन ४ गते श्रीपञ्चमीको दिन सार्वजनिक हुँदै छ । गीतको भिडियोमा मदनकृष्ण श्रेष्ठ र मिथिला शर्मा देखिँदै छन् । शिवाकोटीको शब्द र संगीत रहेको यस गीतको अघिल्लो तीन भर्जनमा गायक मार्मिक लामा, मिलन नेवार र अरिश्मा सिवाकोटीले स्वर भरेका हुन् ।

कामना न्यूज

  • सोमवार, फाल्गुन ३ २०७७०१:१८:४७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ