काठमाडौँ । जनकपुर उपमहानगरपालिका १७ बलौनीबाट अटोमेटिक पेस्तोल १ थान, म्यागजिन ३ थान, गोली ५ राउण्ड र चक्कु १ थानसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरी लोहरपट्टी नगरपालिका ८ भम्रपुरा बस्ने डिके भन्ने २० वर्षीय अजिजुल राईनलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रदेश २ प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीले उनलाई जनकपुर उपमहानगरपालिका १७ बलौनीबाट पक्राउ गरिएको हो । उनी चढेको ज ४ प ३९३३ नम्बरको मोटरसाइकल शंकास्पद अवस्थामा हुँदा तलासी गर्दा उक्त हातहतियार फेला पारेको हो ।
राईमाथि हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण