Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

भारतमा प्रतिबन्ध लाग्नेबित्तिकै टिकटकलाई ६ अर्ब घाटा

भारतमा प्रतिबन्ध लाग्नेबित्तिकै टिकटकलाई ६ अर्ब घाटा


भारतमा प्रतिबन्ध लाग्नेबित्तिकै टिकटकलाई ६ अर्ब घाटा

एजेन्सी । चिनियाँ सामाजिक संजाल टिकटकको अभिभावक कम्पनी बाइटडान्सले भारतमा भएको टिकटक प्रतिबन्धको कारणले गर्दा ६ अर्ब डलर घाटा बेहोर्नु पर्ने अनुमान गरेको छ। हालै भारतले टिकटक लगायत ५८ वटा अन्य चिनियाँ एपहरूमा प्रतिबन्ध लगाएको छ जसमा बाइटडान्सले निर्माण गरेका तीनवटा एपहरू समावेश छन्।

प्रतिबन्ध भएका अन्य ५८ एप्सहरू मध्ये सबैभन्दा धेरै घाटा भने टिकटकलाई नै हुने निश्चित छ। हालै टिकटकको अभिभावक कम्पनी बाइटडान्सले भारतमा टिकटकलाई प्रचार गर्नका निम्ति १ अर्ब डलर बराबर लगानी गरेको थियो। टिकटक नै आधिकारिक रूपमा प्रतिबन्ध भएपछि यो लगानी नउठ्ने सम्भावना रहेको छ।

भारत नै टिकटकको दोस्रो सबैभन्दा ठूलो बजार रहेको थियो जहाँ प्रयोगकर्ताको संख्या २० करोड रहेको थियो। गत तीन महिनामा भारतमा मात्र टिकटक एप ६१ करोड पटक डाउनलोड भएको थियो, जुन विश्वव्यापी डाउनलोड संख्याको ३० प्रतिशत रहेको छ। यो तथ्यांकबाट नै भारतमा टिकटकको ख्यातीलाई स्पष्ट रूपमा हेर्न सकिन्छ।

टिकटक लगायतका अन्य प्रतिबन्ध गरिएका एप्सहरूलाई भारतीय गुगल प्ले स्टोर र एप स्टोरबाट हटाइएको छ। टिकटकले भारतमा २ हजार जना भन्दा बढी कर्मचारीहरूलाई रोजगार दिँदै आएको थियो।

कामना न्यूज

  • मंगलवार, आषाढ २३ २०७७०९:००:१२
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ