काठमाडौँ । हुम्लामा सीमा स्तम्भ अनुगमन गरेर फर्कन थालेको नेपाली टोलीमाथि चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका छन्।
प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता जीवनबहादुर शाही नेतृत्वको टोली अनुगमनबाट फर्कने क्रममा चिनियाँ सुरक्षाकर्मीले टियर ग्यास प्रहार गरेका हुन्।
नाम्खा गाउँपालिकासँग जोडिएको चीनसँगको सीमास्तम्भको अनुगमनका क्रममा चिनियाँ पक्षले टियर ग्यास प्रहार गरेको अनुगमन टोलीमा रहेका गाउँपालिकाका उपाध्यक्ष पेना लामाले जनाएका छन्।
‘५, ६, ७ र ८ नम्बर सीमा स्तम्भको अनुगमन गरेर फर्किँदै गर्दा ९ नम्बर सीमास्तम्भ नजिकै टियर ग्यास प्रहार भयो’, उनले भने, ‘मेरो आँखामा सामान्य चोट लागेको छ।’
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ