Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा


महामन्त्रीमा उम्मेदवारी दिने शंकर तिवारीको घोषणा

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री पदमा शंकर तिवारीले उम्मेदवारी दिने भएका छन् । युवा विश्लेषक तिवारीले आइतबार विहान पत्रकार सम्मेलन गरेर महामन्त्रीको उम्मदेवार हुने घोषणा गरेका हुन् ।

वैचारिक आधार बोकेर महामन्त्रीको उम्मदेवारी दिन लागेको तिवारीले बताए । ‘कांग्रेसको भनेको एउटा विचार हो । कांग्रेसको विचारको रक्षाको लागि । लोकतन्त्र प्रश्न विना वाँच्न सक्दैन । वैचारिक दृष्टिकोण बोकेर उम्मेदवारी दिने भएको हुँ ।’

तिवारी नवलपुर–२ बाट महाधिवेशनका लागि प्रतिनिधि छनोट भएका छन् । तिवारी १४ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए । उनी विशेष महाधिवेशन पक्षधर हुन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ