Logo

बुधवार, आश्विन २१ गते २०८३

अ

सेती नदीमा बगेर एकजना बेपत्ता

सेती नदीमा बगेर एकजना बेपत्ता


सेती नदीमा बगेर एकजना बेपत्ता

डोटी– सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना बेपत्ता भएका छन्। बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका अन्दाजी ३०/३१ वर्षीय सूर्यबहादुर बोगटी रहेका छन्।

दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपसिंह थापाले जानकारी दिए।

बागटीले लगाएको कपडा नदीको किनारामा भेटिको छ तर उनी अहिलेसम्म पनि भेटिएका छैनन्। नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन्। नदीमा पानीको बहाव बढी भएका कारण खोजी कार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ।

गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत चैतमा नदीमा पौडी खेल्दा एक जना डुबेर मृत्यु भएको थियो।

रासस

कामना न्यूज

  • आइतवार, बैशाख ५ २०७८०६:३१:५७
सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ