Logo

बुधवार, भाद्र १० गते २०८३

विदेशबाट ल्याएका मोबाइल अहिले नचल्ने नबनाउन प्रधानमन्त्री दाहालको निर्देशन

विदेशबाट ल्याएका मोबाइल अहिले नचल्ने नबनाउन प्रधानमन्त्री दाहालको निर्देशन


विदेशबाट ल्याएका मोबाइल अहिले नचल्ने नबनाउन प्रधानमन्त्री दाहालको निर्देशन

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काललाई मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू नगर्न निर्देशन दिएका छन्।  शुक्रबारदेखि लागू गर्ने भनिएको एमडीएमएस लागू नगर्न प्रधानमन्त्री दाहालले निर्देशन दिएका हुन्।

स्रोतका अनुसार भन्सार विभाग र नेपाल दूरसञ्चार प्राधिकरणलाई प्रधानमन्त्रीले अहिलेलाई लागू नगर्न निर्देशन दिएपछि हाललाई स्थगित गरिएको हो।नेपाल दूरसञ्चार प्राधिकरणले शुक्रबारदेखि यो प्रणाली सञ्चालनमा ल्याउने भन्दै मोबाइल अनिवार्य दर्ता गर्न सूचना जारी गरेको थियो।

मोबाइल दर्ता गर्नुपर्ने व्यवस्थाले विदेशबाट फर्कने नागरिकले थप सास्ती पाउने भन्दै यसको चर्को आलोचना भएको थियो ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • उद्धार र राहतमा जुट्न राष्ट्रपतिको अपिल

    १० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण