हामीले सत्तासीन कम्युनिष्ट पार्टीहरू र कांग्रेस पार्टीका माध्यामबाट निरङ्कुश राजनीति र राज्य सत्ताका विरुद्ध क्रान्ति गर्यौ। यी क्रान्तिहरू पटक पटक भए । २००० सालमा राजतन्त्रलाई साथमा लिएर ‘राणाशाहीको निरङ्कुश कुलित–परिवारतन्त्रका विरुद्ध क्रान्ति गर्यौ । २०४६ सालमा निरङ्कुश रातन्त्रका विरुद्धमा त्यसको संचालनमा रहेको निर्दलीय व्यवस्थाका विरुद्धमा क्रान्ति गर्यौ। २०३६ सालमा निरङ्कुश राजतन्त्रका विरुद्धमा क्रान्ति गर्यौ ।
राजनीतिक व्यवस्था र राज्य प्रणालीका संस्थाहरूमा परिवर्तन ल्याईयो । देशमा राजतन्त्रलाई समाप्त गरी गणतन्त्र ल्याइयो । राजनीति, राजनीतिमा सत्तासीन व्यक्तिहरू र शासन प्रणालीको लागि चाहिने संविधान र कानुनमा परिवर्तन भयो । तर ‘सामन्ति वा परम्परावादी संस्कृतिमा परिवर्तन भएन । शासन व्यवस्था र राजनीतिक नेतृत्वको गैर प्रगतिशील प्रवृत्ति यथावत रहे । जनताको पक्षमा राज्यको संरचना, अर्थतन्त्र र कर्मचारीतन्त्र उभिएनन् । बरु ‘करको बोझ लादेर श्रमिमाथि करल गलाई जनताको शोषण गर्ने परम्परागत संस्कृतिलाई यथावत राखे ।
जब युवाहरूको दिमागलाई जागृत गरिन्छ, तब अन्धविश्वास र भ्रमित ज्ञानको जगमा उभिएको पुरानो व्यवस्था ढल्छ । एउटा बालकले जब विज्ञानप्रति पहुँच पाउँछ, उसले आफ्नो दिमागमा समाज बदल्ने क्रान्तिको चेतना निर्माण गर्दछ । यही बालकले आफूलाई परिवर्तनशील युवामा रूपान्तरण गर्दै मसाजलाई रुढीवाद र कुसंस्कृतिबाट मुक्त गर्दछ, र राष्ट्रको संरक्षण गर्दछ । आज नेपालमा यस्तो युवाको खाँचो छ । आज नेपाली समाज वैज्ञानिक चेतनाहीन, अजागृत जनसंख्याको बोझले थिचिएको छ । ‘अज्ञानता र त्यसले निर्माण गरेको अन्धकार’ जनहाँ मानिसले आफैैं चिन्दैन, त्यही ‘अज्ञानता अन्धकार’ नेपाली समाजको मुख्य शत्रु हो । नेपाली समाज एउटा त्यस्तो ‘फलामको पर्खालले बनेको कोठा हो, जहाँ न प्रकाश प्रवेश गर्ने झ्याल छ, न त ढोका। यस कोठामा बाँचेका मानिसमा आफ्नो कुनै सपना नै छैन ।
‘किन कोही मानिसले त्याग गर्ने होला ?
किनभने ‘नेपाल नेपाली जनताको देश हो । त्यसैले देशको बागडोर जनताको हातमा हुनुुपर्दछ । जनताले आफ्नो मालिक आफैं हुन पाउनु पर्छ । आफ्नो देशको मालिक आफैं बन्न जनता चेतनाशील हुनुपर्दछ । उनीहरूको चेतना विज्ञानद्वारा निर्मित हुनुपर्दछ ।
तपाई हामीले एउटा गल्ती नगरौं । हामी नठानौं ‘हामी गद्दिमा बसरे राजनीतिको पासा खेल्दै छौं ।’ होइन, हामी सत्तामा पुग्ने एउटा खेलमा संलग्न हुँदैछौं । कदापी होइन । हामी त्यो धृष्टता गर्दैछौं, जसले ‘ग्रेट वाल’ बनाउने सपना देख्यो । हामील आकाशबाट अँध्यारो हटाएर धर्तिमा प्रकाशप्रवाह गर्ने आँटले मैदानबाट चुचुरोको यात्रा गर्दैछौं ।
सन् १९१६ देखि आजसम्म दुईसय वर्षमा हामीले अनेकौं त्रासदीहरू भोगेका छौं । हामीले जमिन गुमाएका छौं । असमान सन्धीहरू गर्न बाध्य बनाइएका छौं । नागरिक बेच्न बाध्य बनइएका छौं । निरङ्कुश शासन भोग्न बाध्य बनाइएका छौं । शिक्षा र सिप सिक्नबाट बञ्चित बनाएका छौं । विदेशीका छलकपटबाट पीडित बनाएका छौं । खुट्टामा एक जोर जुत्ताको अभाव, एक जोर लुगाको अभाव र एक पेट खानाको अभावमा बाँच्न बाध्य बनाइएका छौं । अपनाहीन मानिसमा परिणत पारिएका छौं र भ्रमको शिकार बनाइएका छौं । यस २०० वर्षको अवधिमा हामीले ‘राणाहरूको अत्यार खेपेका छौं । उनीहरूले हामी अज्ञान जमातमा परिणत गरेको देखेका छौं । उनीहरूसँगको साँठगाँठमा भारतले सन् १९५० को सन्धीद्वारा हाम्रो ‘राष्ट्रिय स्वाधिनतालाई भारत निर्देशित स्वतन्त्रतामा परिणत गरेको देखेका छौं ।
भारतीय छलकपटका कारणले २००७ सालको क्रान्ति ‘अराजक राजनतिमिा परिणत हुँदै २०१७ सालको निरङ्कुशता पैदा भएको देखेका छौं । २०४६ सालको आन्दोलनपछि लोकतन्त्र र जनसमृद्धिको गफ गर्ने कथित प्रगतिशील समाजवादी शक्तिहरूले महाकाली सन्धी गरेको, कानुनी र गैरकानुनी ढंगले राजनीतिक नेताले राज्य लुटेको देखेका छौं । राजनतिकि अनैतिकताको रच्छ्यान देखेका छौं । राजनतिकि दलका नेताहरू भात खान विदेशी दुतावासमा छिरेको देखेका छौं । पत्रकार, वकिल र बुद्धिजीवीले विेशीको तलब खाएर गरिब जनताको सपना चोरेर नवउदारवादको काँडाघारी निर्माण गरेको देखेका छौं । जनयुद्धका नाममा लडाइँ लड्नेहरू जनताको हत्या गरेको र जताततै धन लुटेको देखेका छौं, र भारतका विरुद्ध सुरुङ्ग युद्ध लड्ने भन्दै, भारतीय भूमिमा बसेर नेपालको सर्वाभौम सत्तामा धमिरा लगाउने सम्झौता गरेको देखेका छौं, साम्राज्यवादलाई खुशी पार्न कम्युनिष्टहरूले ‘जनतालाई ढाँटेर नेपालमा साम्राज्यवादको स्वार्थ लागू गर्ने सम्झौता गरेको देखेका छौं । अझ सत्ताको लागि धीनलाग्दो छिनाझप्टी गरेको देखेका छौं । जनताको प्रतिनिधित्व गर्ने भनिएका राजनीतकि दलहरू ‘कुहिएको सिनो जस्तै’ गन्हाएको देखेका छौं ।
अर्थात्, हामी २००७ सालको क्रान्ति, २०४६ सालको क्रान्ति र २०६३ सालको क्रान्ति ध्वस्त भएको देखेका छौं । विगतका ७० वर्षमा हामीले केवल विग्रह, नैतिकता स्खलन र विदेशीका परिपन्च र नेताहरूको विदेशी दासता देखेका छौं । आज देश उत्पादनहीन मरुभूमि जस्तो बनेको छ । विदेश पलायतले देश चराहरूले छोडेर गएको सुनसान बाँसघारी जस्तो भएको छ । शिक्षा ‘वेइमान व्यापारीले बेचेको घुन लागेको मकै जस्तो भएको छ । स्वास्थ्य मानिसको अज्ञानता बेचेर पैसा छाप्ने मेसिन बनेको छ । संस्कृति नक्कली बनेको छ । र भाषा मरिरहेको छ ।
कांग्रेस र कम्युनिष्टका नाममा शासन गर्नेहरू प्रतिगानकारी क्रान्ति विरोधी बनेका छन् । देशमाथि विदेशीले गरेको प्रपन्चहरूको विरोध गर्ने होइन विदेशीका सेवक बनेका छन् । देश राजनीतिक अराजकता र बेइमानीको अखडा भएको छ । जनताका पीडा खपीसक्नु छैन । देशभित्रको राजनीतकि दुर्दशा र बिहिर विदेशीको प्रपन्च र नेपाललाई विभाजित गर्ने खेलको तमासा देशमा छरिएको छ । अर्थात ७० वर्ष पछि आजपनि नेपाल उहि ठाउँमा विग्रह र पीडाको बन्दी बनाइएको छ । ७० वर्षमा विश्वको रंगरूप बदलिउको छ । नेपालको उत्तरी छिमेकी चीन अन्तरिक्षमा अनुुसन्धान केन्द्र बनाइरहेको छ । उ महान धनी बनेको छ ।
भलै धनजति थोरै धनीका हातमा किन नहोस् भारत एउटा क्षेत्रीय शक्ति बनेको छ । यी दुई देशका विचमा बसेर ‘चीनका विशाल बजारमा हामीले व्यापर त गर्न सकेनौ नै, चिनलाई आफ्नो ठाउामा राखेर तटस्थ बाँच्न नसक्ने अवस्था हामी आफैं सिर्जना गरिरहेका छौं । चीनलाई आफ्नो सर्वोच्चताको प्रतिस्पर्धी ठान्ने अमेरिका हामीलाई काखीमुनी राखेर चीनसँग लड्न चाहान्छ, हाम्रो भूमिमा । तर हाम्रा कथित शासक त्यो खतराको आगो देख्दैनन् । बरु , अमेरिकाको पक्षपोषण गर्छन्, एमसीसी सम्झौतामा व्याख्यात्मक घोषणाको दस्तावेज तयार पार्दै । अतः हामी भित्र संकट र बाहिर महासंकटको भुङ्ग्रामा बाँचिरहेका छौं । नेताहरूका ढाडमा मेरुदण्ड छैन । उनीहरूका विदेशी पोषक हरकतको विरोध गर्ने युवा देशलाई रित्तो पारेर विदेश गएका छन् । देशमा बुणपाका छोराछोरीले छोडेका श्रम गर्न नसक्ने मानिस र स्कुलमा पढ्ने बालबालिका मात्र देशमा छन् । यिनै बालबालिकालाई जागृत गर्नुको विकल्प अब छैन ।’ नेपाल राष्ट्रलाई एउटा सन्निकट विग्रहबाट जोगाउन त्याग गर्ने जमातको निर्माण गर्नुको विकल्प छैन ।
तर चुनौतीहरू बग्रेल्ती छने । एकथरी गुँड खोसिएका दुष्टहरू भन्छन्, ‘आज जे भएको छ, त्यो क्रान्तिले हो ।’ उनीहरू भन्छन्, आजको यो राष्ट्रिय दुर्दसा गणतन्त्रले ल्याएको हो । क्रान्तिले देश बनाउँदैन, बिगार्छ मात्र । फ्रेन्च क्रान्तिले फ्रान्सलाई ध्वस्त बनायो । ब्रिटिस क्रान्तिले ब्रिटेनलाई ध्वस्त बनायो । बोल्सेभिक क्रान्तिले स्टालिन जन्मायो । नेपालमा गणतन्त्रले एक राजा हटाएर हजार छोटे राजा जन्मायो । त्यसैले अब राजतन्त्रको पुनरागमन हुनुपर्दछ । यिनीहरू धर्म र अन्धविश्वासलाई राष्ट्रियताको आधार बनाउँछन् । यी मानिसले छर्ने भ्रमहरू चिर्न चुनौतीपूर्ण हुनेछ ।
अर्काथरी देश र समाजको यथार्थ निरपेक्ष शहरी सभ्रान्तहरू ‘अराजकता र प्रतिक्रिया’ को आधारमा कसैलाई जेलेन्सी निर्माण गर्न चाहान्छन् । उनीहरूलाई राजनीति ‘सेलिब्रेटी’ बनाउने प्रोपागाण्डा हो भन्ने लाग्छ र उनीहरू राजनतिलिाई अराजकताको माहौल ठान्छन् । उनीहरूका पछाडि शहरी युवा छन् र राजनीति शहरमा केन्द्रित छ । अतः उनीहरूले सिर्जना गर्ने भ्रम सानो चुनौती छैन ।
अर्काथरी विचारहीन समन्वयकारीहरू छन् । उनीहरू ‘सबै मिल्नुपर्छ’ भन्ने रोमान्टिक भावनावादीहरू छन् । उनीहरूलाई पनि विचारले होइन, भीडले राष्ट्र बनाउँछ भन्ने विस्वास छ । अझ एकथरी मानिस ‘स्वप्नवादी ९युटोपियन० को जमात छ । उनीहरू ‘उनीहरूले सोचे जस्तै उनीहरूका सपनाले जादुमय ढंगले देश बन्छ’ भन्ने ठान्छन् । यी सबै जमात ‘प्रगतिशील रूपान्तरण’ का बाधक हुन । यसका अतिरिक्त राज्य दोहनमा पल्किएका मानिसहरू छन्, जो परिवर्तनलाई निषेध गर्न राज्यको शक्तिलाई हिंश्रक ढंगले प्रयोग गर्न तत्पर छन्े । यो चुनौती पनि सानो छैन ।
तर यी सबै चुनौतीको सामना गर्न सक्ने एउटा मात्र अस्त्र छ । त्यो हो, वैज्ञानिक विश्लोषणका निस्कर्षमा आधािरत ‘समाज निर्माण र रूपान्तरण’ को विचार । र त्यस विचारले ग्रहण गरेको समाज रूपान्तरणका आर्थिक, सामाजिक तथा निर्माणका कार्यक्रमहरू । यी विचारले जनतलाई जागृत गर्दछ र एउटा अपराजयी शक्तिमा रूपान्तरण गर्दछ । यसको विस्तारले मानिसलाई जागृत गर्दछ र एउटा ‘राष्ट्रिय जोस’ नेशनल स्प्रिट को जन्म दिन्छ ।
सरोज भट्टराई
(काठमाडौँ स्कूल अफ ल )
१० भदौ,कामना । राष्ट्रपति रामचन्द्र पौडेलले रसुवा बाढीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार, राजनीतिक दल, सामाजिक संघ-संस्थालाई अनुरोध गरेका छन् । उनले सुरक्षासहित सम्पूर्ण