Logo

मंगलवार, भाद्र ९ गते २०८३

भोजन शिष्टाचार सभ्य व्यवहार र सफल व्यक्तित्वको पहिचान

भोजन शिष्टाचार सभ्य व्यवहार र सफल व्यक्तित्वको पहिचान


-

ख्यामकान्त अर्याल 

भोजन शिष्टाचार केवल खाना खाने तरिका मात्र होइन, यो तपाईको व्यक्तित्व, संस्कार र अरूप्रति दर्शाउने सम्मानको ऐना हो। चाहे पारिवारिक जमघट होस् वा व्यावसायिक डिनर (Business Dinner), सही टेबल म्यानर्सले तपाईंलाई आत्मविश्वासी र भद्र देखाउँछ।

Dining Protocol भन्नाले औपचारिक वा अनौपचारिक भोजनका क्रममा अपनाइने शिष्टाचार, मर्यादा र व्यवहारलाई जनाउँछ। यसले व्यक्तिको संस्कार, अनुशासन, सम्मान गर्ने शैली, सामाजिक व्यवहार झल्काउँछ।

आजको समयमा औपचारिक बैठक, सरकारी कार्यक्रम, कूटनीतिक भोज, व्यापारिक भेटघाट र विवाह तथा सामाजिक समारोह जस्ता स्थानमा भोजन शिष्टाचार अत्यन्त महत्वपूर्ण मानिन्छ। सही व्यवहारले सम्बन्धहरुमा राम्रो प्रभाव पार्छ सम्बन्धलाई  बलियो बनाउँछ र व्यक्तित्वलाई  आकर्षक बनाउँछ । भोजन शिष्टाचारलाई समय र परिस्थितिअनुसार ३ तरिकाले बुझ्ने गरिन्छ l 

खाना खानु अघिको शिष्टाचार (Before the Meal)

 निमन्त्रणा गरिएको समयमै पुग्नुहोस्। ढिला हुनु होस्ट (आयोजक) प्रतिको अनादर मानिन्छ।  आयोजकले सिट नदेखाएसम्म वा बस्न आग्रह नगरेसम्म नबस्नुहोस्। सीधा र आरामदायी पोजिसनमा बस्नुहोस्, टेबलमा कुहिनो (Elbows) नटेक्नुहोस्।  टेबलमा बस्ने बित्तिकै नेपकिनलाई खोलेर आफ्नो काख (Lap) मा राख्नुहोस्। यसलाई घाँटीमा बाँध्ने वा कमिजको टाँकमा अड्काउने गल्ती नगर्नुहोस्।

खाना खाँदाको शिष्टाचार (During the Meal)

टेबलमा रहेका सबैको अगाडि खाना नपुगेसम्म वा आयोजकले सुरु गर्न आग्रह नगरेसम्म खाना खान सुरु नगर्नुहोस्। बाहिरबाट भित्रको क्रममा राखिएका भाँडाहरू (Cutlery) प्रयोग गर्नुहोस्। बायाँ हातमा काँटा (Fork) र दायाँ हातमा छुरी (Knife) समात्नुहोस्। खाना चपाउँदा मुख बन्द गर्नुहोस्। चपाउँदा वा सुप पिउँदा आवाज (Slurping/Smacking) ननिकाल्नुहोस्। मुखमा खाना भरिएको बेला नबोल्नुहोस्। यदि कसैले केही सोधेमा, पहिले खाना निलिसकेर मात्र जवाफ दिनुहोस्।टेबलमा टाढा रहेको सामान आफैं घिस्रिएर लिनुको साटो "कृपया त्यो पास गरिदिनुस् न" भनी अनुरोध गर्नुहोस्। नुन र मरिच जहिले पनि सँगै पास गर्नुपर्छ।

खाना खाइसकेपछिको शिष्टाचार (After the Meal)

यदि केही समयका लागि टेबलबाट उठ्नु परेमा नेपकिनलाई कुर्सीको सिटमा छोड्नुहोस्। खाना सकिएपछि चम्चा र काँटालाई प्लेटको बीचमा घडीको ४:२० (वा १०:२०) को दिशामा समान्तर रूपमा राख्नुहोस्। यसले तपाईंको खाना सकिएको संकेत गर्छ। खाना खाइसकेपछि नेपकिनलाई हल्का पट्याएर प्लेटको बायाँतर्फ राख्नुहोस् (तर फोहोर देखिने गरी होइन)। बिदा हुनुअघि आयोजक र खाना पकाउने व्यक्तिलाई मिठो भोजनका लागि अनिवार्य रूपमा धन्यवाद (Thank you) दिनुहोस्।

खाना खाने क्रममा गरिने केहि व्यवहार अमर्यादित मानिन्छ जस्तै खाना  खाँदा टेबलमा मोबाइल फोन प्रयोग गर्नुको सट्टा फोनलाई साइलेन्टमा राखेर खल्ती वा ब्यागमा राख्ने गर्नु पर्दछ l दाँतमा खाना अड्किएमा टेबलमै कोट्याउनुको साटो बाथरुम (Restroom) मा गएर सफा गर्नुपर्दछ । खानाको आलोचना कहिल्यै गर्नु हुदैन ।

लेखकलाई Khyam Aryal Academy youtube च्यानलमा सुन्न र देख्न सकिन्छ  l 

कामना न्यूज

  • मंगलवार, श्रावण १२ २०८३०८:४६:५३
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक