-ख्यामकान्त अर्याल
हामीलाई सानैदेखि एउटा ठूलो भ्रममा बाँचिरहन सिकाइयो। हामीलाई भनियो कि हामीले जीवनमा सबै कुरा एकैसाथ सन्तुलनमा राख्न सक्छौँ—एउटा सानदार करियर, एकदमै फिट शरीर, साथीभाइसँग रमाइलो सामाजिक जीवन, र परिवारलाई प्रशस्त समय। तर, वास्तविकता के हो भने, यी सबै कुरा सँगै मिलाउन खोज्दाखोज्दै हामी भित्रैबाट गलेका हुन्छौँ र कुनै पनि कुरामा उत्कृष्ट हुन सक्दैनौँ।
वास्तवमा, 'वर्क-लाइफ ब्यालेन्स' (Work-Life Balance) अर्थात् काम र जीवनको पूर्ण सन्तुलन भन्ने कुरा एउटा भ्रम मात्र हो। र, हामी किन हरेक कुरामा उत्कृष्ट हुन सक्दैनौँ भन्ने कुरा बुझाउन एउटा निकै प्रख्यात सिद्धान्त छ, जसलाई भनिन्छ द फोर बर्नर थ्योरी (The Four Burners Theory)। यदि तपाईं पनि चौबीसै घण्टा व्यस्त रहेर पनि सोचेजस्तो सफलता नपाएर हैरान हुनुहुन्छ भने, आजको यो लेखले तपाईंको सोच्ने तरिका, समय र सफलताको परिभाषा नै बदलिदिनेछ।
के तपाईंले कहिल्यै सोच्नुभएको छ किन जीवनमा हामी चाहेजस्तो सबै कुरा एकैचोटि मिल्दैन? किन कहिल्यै समय पुग्दैन परिवारका लागि पनि साथीभाइका लागि पनि आफ्नो स्वास्थ्यका लागि पनि र कामका लागि पनि अनि परिवार, साथी, स्वास्थ्य र काम सबैलाई १००% दिन खोज्दा पनि किन कहिल्यै समय पुग्दैन? यो अवधारणालाई लेखक डेभिड सेडारिस (David Sedaris) ले सुरुमा चर्चामा ल्याएका थिए र पछि प्रख्यात उत्पादकत्व विज्ञ (Productivity Expert) जेम्स क्लियरले यसलाई अझ स्पष्ट पारे। कल्पना गर्नुहोस्, तपाईंको जीवन एउटा भान्साको ग्यास चुल्हो जस्तै हो, जसमा चारवटा बर्नरहरू छन्। यी चारवटा बर्नरले तपाईंको जीवनका चारवटा मुख्य खम्बालाई जनाउँछन् :
अब यो सिद्धान्तको सबैभन्दा तितो र अप्ठ्यारो नियम सुनौँ: तपाईंसँग ग्यास (ऊर्जा र समय) को मात्रा सीमित छ। तपाईंसँग यी चारवटै बर्नरलाई एकैपटक पूर्ण क्षमतामा वा ठूलो आगोमा बाल्न पुग्ने ग्यास नै हुँदैन। यो सिद्धान्तले भन्छ, यदि तपाईं कुनै एक क्षेत्रमा अत्यधिक सफल हुन चाहनुहुन्छ भने, तपाईंले कम्तीमा एउटा बर्नरको आगो एकदमै सानो पार्नुपर्छ वा पूर्ण रूपमा बन्द गर्नुपर्छ। र यदि तपाईं संसारमै असाधारण रूपमा सफल हुन चाहनुहुन्छ (जस्तै ठूला उद्योगपति, प्रख्यात खेलाडी वा कलाकार) भने, तपाईंले कम्तीमा दुईवटा बर्नर पूर्ण रूपमा बन्द गर्नुपर्ने हुन्छ।
हामी प्रायः संसारका सफल अर्बपति वा सेलिब्रेटीहरूलाई हेरेर सोच्छौँ, 'वाह! उनको जीवन कति ऊर्जावान् छ, उनले सबथोक पाएका छन्।' तर पर्दा पछाडिको सत्य फरक हुन्छ। यदि कोही मान्छे हप्ताको ८०-९० घण्टा आफ्नो बिजनेस साम्राज्य खडा गर्न लागिपरेको छ भने, उसको 'काम' (Work) को बर्नर त एकदमै ठूलो आगोमा बलिरहेको छ। तर बाँकी बर्नरको हालत के होला?उसको 'साथीभाइ' को बर्नर पूर्ण रूपमा बन्द भइसकेको हुन्छ। उसको 'स्वास्थ्य' को बर्नर सायद थोरै निद्रा र कफीको भरमा मात्र टिकेको हुन्छ। जीवन पूर्ण रूपमा सम्झौता (Trade-offs) मा चल्छ। यदि तपाईंले चारवटै बर्नरलाई एकैनासले ठूलो पारेर बाल्न खोज्नुभयो भने, कुनै पनि बर्नरमा पर्याप्त आगो पुग्दैन र सबै बर्नरको आगो निभ्न थाल्छ। नतिजास्वरूप तपाईं परिवारलाई पनि राम्रो समय दिन सक्नुहुन्न, काममा पनि औसत हुनुहुन्छ, स्वास्थ्य पनि बिग्रिन्छ र साथीभाइ पनि टाढिन्छन्।
त्यसोभए यसको समाधान के त? के हामीले जीवनमा कहिल्यै सुख नपाउने हो? त्यसो होइन। यो चार बर्नरको सीमिततालाई व्यवस्थापन गर्ने ३ वटा मुख्य तरिकाहरू छन् :
१. बर्नरलाई आउटसोर्स (Outsource) गर्ने: तपाईंले आफ्नो केही काम अरूलाई सुम्पेर आफ्नो ग्यास (समय) बचाउन सक्नुहुन्छ। जस्तै: व्यापारमा कर्मचारी राखेर कामको बर्नर हल्का गर्ने, घर सफा गर्न वा खाना पकाउन सहयोगी राखेर समय बचाउने, ताकि त्यो बचेको समय तपाईंले स्वास्थ्य वा परिवारमा लगाउन सक्नुहोस्। तर याद राख्नुहोस्, भावना र सम्बन्धलाई कहिल्यै आउटसोर्स गर्न सकिँदैन।
२. सीमाहरूलाई स्विकार्ने (Embrace Constraints): मसँग समय नै छैन भनेर गुनासो गर्नुभन्दा, भएको सीमित समयमा कसरी उत्कृष्ट गर्ने भन्ने सोच्नुहोस्। आफूलाई प्रश्न गर्नुहोस्: 'यदि म दिनको ८ घण्टा मात्र काम गर्न सक्छु भने, सबैभन्दा महत्त्वपूर्ण काम कुन हो?' अथवा 'यदि म हप्तामा ३ घण्टा मात्र व्यायाम गर्न पाउँछु भने, कुन एक्सरसाइज सबैभन्दा बढी प्रभावकारी हुन्छ?' यसले तपाईंलाई बेकारका काम छोडेर मुख्य कुरामा मात्र ध्यान केन्द्रित गर्न सिकाउँछ।
३. अनुकूल ऋतु वा मौसमको नियम (The Seasonality Approach - सबैभन्दा उत्तम उपाय): यो यो सिद्धान्तको सबैभन्दा राम्रो समाधान हो। तपाईंले स्विकार्नुपर्छ कि जीवनका सबै कुरा एकैपटक पाउन सकिँदैन, तर जीवनको अलग-अलग कालखण्ड (Seasons) मा पाउन सकिन्छ।
जब तपाईं २०-२५ वर्षको उमेरमा करियर बनाउँदै हुनुहुन्छ, तपाईंको 'काम' र 'स्वास्थ्य' को बर्नर फुल स्पिडमा हुनुपर्छ, जतिबेला साथीभाइ र परिवार अलि कम प्राथमिकतामा पर्न सक्छन्। जब तपाईंको घरमा सानो बच्चा जन्मिन्छ, तपाईंको 'परिवार' को बर्नर सबैभन्दा ठूलो हुनुपर्छ र करियरको बर्नर केही समयका लागि सानो आगोमा चल्नुपर्छ। मुख्य कुरा के हो भने, यी निर्णयहरू तपाईंले आफैँ सचेत भएर लिनुपर्छ, परिस्थितिको दबाबमा परेर होइन। फोर बर्नर थ्योरीले तपाईंलाई आफ्ना सपनाहरू त्याग्न भन्दैन। यसले त केवल हरेक कुरामा सधैँ पर्फेक्ट हुन नसक्ने हुनाले आफैँलाई दोषी महसुस गराउन छोड्न सिकाउँछ।
माथिको आलेख Khyam Aryal Academy Youtube च्यानलमा सुन्न सकिन्छ l लिंक यो लेख संगै राखिएको छ l
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक