हरेक वर्ष विदेशमा हुँदै आइरहेको नेफ्टा अवार्ड यो पटक भने स्वदेशमै हुने भएको छ l कोभिडका कारण नेपाल चलचित्र प्राविधिक संघले दसौँ नेफ्टा अवार्ड नेपालमै गर्न लागेको हो l यस अघि नेफ्टाको ४ संस्करण विदेशमा आयोजना गरिएको थियो l
गत शनिवार काठमाण्डौको सोल्टी होटेलमा आयोजना गरिएको कार्यक्रममा काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख अतिथिमा उत्कृष्ट ५ को मनोनयन सार्वजनिक गरिएको थियो l उत्कृष्ट नायक, उत्कृष्ट नायिका गरी ३३ विधामा वितरण गर्न लागिएको अवार्डमा विपिन कार्की,मेनुका प्रधान लगायत कलाकारहरू ५ मनोनयनमा परेका छन् भने चलचित्रमा 'राम कहानी', 'छक्का पन्जा' 'ए मेरो हजुर ३' लगायत चलचित्रहरू १३ विधामा चुनिएका छन् l यो वर्षको नेफ्टा अवार्डमा २ वर्ष अगाडि रिलिज भएका चलचित्रहरूलाई पनि समावेश गरिएको छ ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ