Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

दीपमाला ढकालले जितिन मिस नेपाल–२०२६ को उपाधि

दीपमाला ढकालले जितिन मिस नेपाल–२०२६ को उपाधि


दीपमाला ढकालले जितिन मिस नेपाल–२०२६ को उपाधि

 

१६ साउन, कामना ।


 मिस नेपाल-२०२६ को उपाधि दीपमाला ढकालले जीतेकी छन् । द प्लाजा पुल्चोक ललितपुरमा आयोजित ग्राण्ड फिनालेमा उनी मिस नेपाल वर्ल्ड घोषित भइन् ।

मिस नेपाल इन्टरनेशनल आर्या निशांत र मिस नेपाल कोस्मो कशिश सुब्बा घोषित भए । मिस कोस्मो योलिंडा लिंडक्विस्ट लगायत जजको रूपमा सहभागी थिए । द हिडन ट्रेजरले मिस नेपालको आयोजना गरेको हो ।
ढकाल मिस नेपाल हङकङ इन्टरनेशनल–२०२६ पनि हुन् । विश्वप्रसिद्ध लगानी व्यवस्थापन कम्पनी ब्ल्याकरक मा उनी इन्भेस्टमेन्ट स्ट्राटेजिस्टका रूपमा कार्यरत छिन् । उनी ब्ल्याक बेल्ट तेक्वान्दो खेलाडी, रनवे मोडल, अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालक (होस्ट) तथा म्याराथन धाविका पनि हुन् ।
दीपमाला गैरआवासीय नेपाली संघ (एनआरएनए) को इतिहासमै सबैभन्दा कम उमेरमा निर्वाचित सदस्य बनेकी थिइन् । साथै, उनी नेपाल क्यान्सर अस्पतालकी गुडविल एम्बास्डर पनि हुन् ।

मिस वर्ल्डको मञ्चमार्फत क्यान्सरसम्बन्धी जनचेतना फैलाउने आफ्नो अभियानलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउने लक्ष्य आफूले राखेको उनले बताउँदै आएकी छिन् । उनकी आमाले पनि सन् १९९४ मा आयोजना भएको पहिलो मिस नेपाल प्रतियोगितामा सहभागीता जनाएकी थिइन् ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ