Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

कांग्रेस महाधिवेशनमा सहभागीहरूका लागि यी आठ स्थानमा पार्किङको व्यवस्था

कांग्रेस महाधिवेशनमा सहभागीहरूका लागि यी आठ स्थानमा पार्किङको व्यवस्था


कांग्रेस महाधिवेशनमा सहभागीहरूका लागि यी आठ स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनस्थलमा आउने सहभागी तथा प्रतिनिधिहरूका लागि सवारीसाधन पार्किङका लागि विभिन्न आठ स्थानमा व्यवस्थापन मिलाइएको यातायात व्यवस्थापन समितिले जनाएको छ ।

महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरुका लागि धरहराको अन्डर ग्राउन्ड पार्किङ, बग्गीखानासँगैको साल्ट ट्रेडिङको पार्किङ स्थल, पुरानो बसपार्क क्षेत्र, भृकुटीमण्डपको बाहिरी एक लेन सडक, राष्ट्रिय सभागृहको पार्किङ, प्रज्ञा प्रतिष्ठान स्थल र दरबारमार्गस्थित अन्नपूर्ण होटलको पार्किङ स्थललाई तोकिएको समितिका संयोजक विजयबहादुर स्वाँरले जानकारी दिए ।

“यसैगरी काठमाडौं उपत्यका बाहिरबाट महाधिवेशन प्रतिनिधि लिएर आउने ठूला बसका लागि माइतीघर मण्डला र भद्रकालीबीचको सडकको एक भागलाई पार्किङ गर्न मिल्ने गरी ट्राफिक प्रहरी र जिल्ला प्रहरी परिसर काठमाडौँसँग समन्वय गरिएको छ,” संयोजक स्वाँर भने ।

धरहरा अन्डर ग्राउन्ड पार्किङ र अन्नपूर्ण होटलको पार्किङ स्थलमा शुल्क लाग्नेछ भने अन्यत्र निःशुल्क हुने जानकारी दिइएको छ । रासस

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ