काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशन आजबाट सुरु हुँदै छ । कांग्रेसले महाधिवेशन व्यवस्थापनका लागि गठन गरेका १५ समितिले आ-आफ्नो तयारी गरेका छन् ।
महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिहरूको आवासको व्यवस्थापन भने आवास व्यवस्थापन समितिले गरेको छ ।
सो समितिले हरेक निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशबाट एक/एकजना संयोजक तोकेर सम्बन्धित भूगोलका महाधिवेशन प्रतिनिधिका लागि बसोबासको समन्वय गर्ने प्रबन्ध गरेको छ ।
आवासका लागि एअरपोर्ट, गौशाला, सुन्धारा, ठमेल, लाजिम्पाट, कलंकी र नयाँ बसपार्क क्षेत्रमा व्यवस्था गरिएको छ ।
सहभागीले यससम्बन्धी जानकारी ह्वाट्सएप, एआई नम्बर र एसएमएसबाट प्राप्त गर्नेछन् । बिहान, दिउँसो र साँझको भोजन व्यवस्था भने भृकुटीमण्डपमा गरिएको आवास व्यवस्थापन समितिले जनाएको छ ।
यसैगरी, केन्द्रीय निर्वाचन समितिका अनुसार, यो महाधिवेशनमा करिब सात हजार ७०० महाधिवेशन प्रतिनिधि सहभागी हुँदै छन् । कांग्रेसको इतिहासमा नै पहिलोपटक यति ठूलो सङ्ख्यामा महाधिवेशन प्रतिनिधिहरु निर्वाचित भएका हुन् ।
११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ