Logo

बिहिवार, भाद्र ४ गते २०८३

दुई डेपुटी गभर्नरको लागी ४ जना सिफारीस, कसको सम्भावना कति ? 

दुई डेपुटी गभर्नरको लागी ४ जना सिफारीस, कसको सम्भावना कति ? 


दुई डेपुटी गभर्नरको लागी ४ जना सिफारीस, कसको सम्भावना कति ? 

काठमाडौं । नेपाल राष्ट्र बैंकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि ४ जनाको नाम सिफारिस गरेका छन् । २ डेपुटी गभर्नरको कार्यकाल गत मंगलबार सकिएपछि राष्ट्र बैंकले पदपूर्तिका लागि प्रक्रिया अघि बढाएको हो । बर्तमान सरकार धर्मराइरहेको अवस्थामा सरकारले सकेसम्म चाडो डेपुटी गभर्नर नियुक्ती प्रक्रिया अघि बढाएको छ । राष्ट्र बैंक स्रोतका अनुसार मंगलबार कार्यकाल सकिएको डेपुटी गभर्नरको लागी बुधबारसाँझनै सिफारिस भएको बुझिएको छ ।
डेपुटी गभर्नरको लागी गभर्नरले लागि ४ जनाको नाम अर्थमन्त्री समक्ष सिफारिस गरेको स्रोतले बताएको छ । मन्त्री परिषद समक्ष सिफारिस गरेका हुन् ।

नयाँ डेपुटी गभर्नरका लागि राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, अर्थमन्त्रीका आर्थिक सल्लाहकार तथा राष्ट्र बैंकको कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ, प्रवक्ताको भुमिकामासमेत रहेका डा। गुणाकर भट्ट र राष्ट्र बैंक अनुशन्धान विभागको कार्यकारी निर्देशक डा. निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस भएको छ ।

गभर्नरले सिफारिस गरेको ४ जनाबाट मन्त्रिपरिषद्ले ५ वर्षे कार्यकालका लागि दुई डेपुटी गभर्नरको नियुक्ति गर्नेछ । नयाँ नियुक्त हुने डेपुटी गभर्नर भविष्यमा गभर्नरको दावेदार पनि हुन् ।

डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ आफ्नो कार्यकाल पूरा गरि विदा भएका छन् । 

कामना न्यूज

  • बिहिवार, फाल्गुन २० २०७७०४:०२:०७
सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक