Logo

बिहिवार, भाद्र ४ गते २०८३

ह्याम्स अस्पतालमा पहिलो पटक एओर्टिक भल्भ प्रत्यारोपण

ह्याम्स अस्पतालमा पहिलो पटक एओर्टिक भल्भ प्रत्यारोपण


ह्याम्स अस्पतालमा पहिलो पटक एओर्टिक भल्भ प्रत्यारोपण

काठमाडौँ – ह्याम्स अस्पतालले पहिलो पटक एओर्टिक भल्भ प्रत्यारोपण गरेको छ। अस्पतालले ७४ वर्षीय पुरुषको एओर्टिक भल्भ प्रत्यारोपण गरेको हो।

आइतबार अस्पतालले शल्यक्रिया नगरी खुट्टाको रगत नलीबाट क्याथेटर छिराएर मुटुको ‘एओर्टिक भल्भ’ प्रत्यारोपण (टाभी) गरेको हो।
भल्भ प्रत्यारोपणपछि बिरामीको स्वास्थ्य अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ।

उक्त प्रत्यारोपण डा.अमित चौरसियाको सहयोगमा डा. ज्योतीन्द्र शर्मा, डा.यादव देव भट्ट, डा. रवि बराल, डा.मुकुन्दशर्मा, डा.मुरारी राज उप्रेती, डा.सुरज लामिछाने लगायतको टीमले सम्पन्न गरेको थियो।

डा.अमित चौरसिया भारतमा टाभी गर्ने अब्बल चिकित्सकका रुपमा परिचित छन्।देशमा अत्याधुनिकउपचार पद्धति भित्र्याउने लक्ष्यका साथ अस्पतालले यसलाई नरन्तरता दिने बताएको छ।

यसले भल्भका समस्या भएका बिरामीहरुलाई शल्यक्रिया बिना नै भल्भ प्रत्यारोपण गर्न सहज हुन्छ। शल्यक्रिया बिना भल्भ परिवर्तन गर्दा बिरामी निको हुने समय तुलानात्मक रुपमा कम हुनुका साथै शल्यक्रियाका विभिन्न जोखिम पनि कम हुने अस्पतालले जनाएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक