Logo

बिहिवार, भाद्र ४ गते २०८३

NCC कोरियाको नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा सपथ ग्रहण कार्यक्रम  मार्च २२ मा  हुने

NCC कोरियाको नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा सपथ ग्रहण कार्यक्रम  मार्च २२ मा  हुने


NCC कोरियाको नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा सपथ ग्रहण कार्यक्रम  मार्च २२ मा  हुने

 
दक्षिण कोरियामा क्रियाशील नेपाली समुदायको अग्रणी संस्था नेपाली सम्पर्क समिति (NCC) ले आफ्नो ११औँ अधिवेशन सफलतापूर्वक सम्पन्न गरेसँगै नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा सपथ ग्रहण कार्यक्रमलाई विशेष महत्वका साथ आयोजना गर्ने भएको छ।

सन् १९९३ मा स्थापना भई प्रवासमा नेपाली एकता, कला, संस्कृति र सामाजिक सहकार्यलाई मजबुत बनाउँदै आएको यस संस्थाको अधिवेशन यही मार्च १५ मा सम्पन्न भइसकेको छ। अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया टुंगिएको भए पनि नयाँ कार्यसमितिको औपचारिक घोषणा तथा सपथ ग्रहण कार्यक्रम भने आगामी मार्च २२, आइतबार का दिन आयोजना गरिँदैछ।

राजधानी सौलको दोङ्देमुन क्षेत्रमा अवस्थित नेपाली थाइ रेष्टुरेन्टको सभाहलमा हुने उक्त कार्यक्रम नेपाली समुदायका लागि एक महत्वपूर्ण क्षणका रूपमा हेरिएको छ। कार्यक्रममा नव-निर्वाचित पदाधिकारी तथा सदस्यहरूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्नेछन् भने संस्थाको भावी कार्यदिशा पनि सार्वजनिक गरिने अपेक्षा गरिएको छ।

प्रवासमा नेपाली पहिचान, एकता र सामाजिक सशक्तीकरणको अभियानलाई थप सुदृढ बनाउने उद्देश्यसहित आयोजना गरिने यस कार्यक्रमले दक्षिण कोरियामा रहेका नेपालीहरूबीच आपसी सद्भाव, सहकार्य र संस्थागत विकासमा नयाँ ऊर्जा थप्ने विश्वास गरिएको छ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक