ज्योतिष एउटा प्राचिन कालदेखि प्रचलनमा रहेको एउटा यस्तो विधा अर्थात विज्ञान हो, आकाशिय सौरमण्डलमा रहेका तारा र ग्रहहरुको आपसी सम्बधबाट प्राप्त हुने तरंगलाई सुक्ष्म गणितीय सूत्रबाट अध्ययन गर्छ । जसले आकाशमा रहेका ग्रह, नक्षत्र, सूर्य, र चन्द्रमा जस्ता खगोलीय पिण्डहरूको स्थिति र गतिले मानव जीवन, पृथ्वी, र प्रकृतिमा पार्ने प्रभावको अध्ययन गरी भविष्यवाणी गर्नु नै ज्योतिषशास्त्रको एउटा मुख्य उद्देश्य रहेको छ ।
पूर्वीय दर्शनमा ज्योतिषलाई वेदको आँखा मानिएको छ। जसरी आँखा बिना मानिसले बाटो देख्न सक्दैन, त्यसरी नै ज्योतिष शास्त्र बिना मनुष्यले आफ्नो जीवनको भूत, वर्तमान र भविष्यको मार्ग पहिल्याउन सक्दैन भन्ने विश्वास गर्नेछ।सामान्यतया ज्योतिष शास्त्रलाई ३ भागमा वाडिएको छ ।
१) सिद्धान्त ज्योतिष :-
यस अन्तर्गत ग्रहहरूको गति, स्थिति, ग्रहण, र खगोलीय गणनाहरू गरिन्छ साथै लग्न साधन, भाव साधन, ग्रह बल, भाव वल, वक्रि, ग्रहण, र खगोलीय गणनाहरू गरिन्छ । यो पूर्ण रूपमा गणितीय र वैज्ञानिक पक्ष हो।
२) होरा वा फलित ज्योतिष :-
यो व्यक्तिगत जीवनसँग सम्बन्धित छ, यस अन्तर्गत ग्रह, राशि, भाव, नक्षत्र आदिले मानवको जीवनमा के कस्तो प्रभाव पार्छ। मानिसको जन्म समयको ग्रह स्थितिको आधारमा उसको स्वभाव, करियर, स्वास्थ्य र भविष्यको फलादेश गरिन्छ।
३) संहिता ज्योतिष :-
यस अन्तर्गत सामूहिक घटनाहरू, जस्तै मौसम, भूकम्प, महामारी, देशको आर्थिक एंव राजनितिक अवस्था, युद्ध शान्तिको अवस्था, पृथ्वी र ब्रह्माण्डमा ग्रहहरूको प्रभावको अध्ययन गरिन्छ।
ज्योतिषमा राशी, नक्षत्र, ग्रह र भावहरुको विशेष तरिकाले अध्ययन गरीन्छ। राशीहरुलाई काल्पनिक तारापुञ्ज मानिएको छ। सूर्यले पृथ्विको वरिपरि ब्रह्माण्डमा घुम्ने बाटो केहि दीर्घवृत्ताकार रहेको हुन्छ जुन ३६० डिग्रीको हुन्छ । ३६० डिग्रीलाई समान १२ भागमा विभाजन गर्दा प्रत्येक राशी ३० डिग्री हुन आउदछ । प्रत्येक ३०, ३० डिग्रीको भागलाई नै तारापुञ्जको कल्पना गरिएको छ, यहि तारापुञ्जलाई नै राशिको नामाकरण गरिएको हो १२ राशिका जसमा मेष, वृष, मिुथुन, कर्कट, सिंह, कन्या, तुला, वृश्चिक, धनु, मकर, कुम्भ र मिन गरी नामाकरण गरिएको छ। यीनै राशिहरुले तारापुञ्जको आकारलाई संकेत गरेका हुन्छन। त्यस्तैगरी ३६० डिग्रीको ब्रह्माण्डलाई समान २७ भागमा विभाजन गरेर नक्षत्रको परिकल्पना गरिएको छ । एक नक्षत्रको मान १३ डिग्री २० मिनेट हुन्छ, जसलाई ४ चरणमा विभाजन गरिएको छ जन्मसमयमा चन्द्रमा जुन नक्षत्रको जुन पाउमा रहेको हुन्छ सोहि अनुसार जातकको नामाकरण गरिएको हुन्छ । २७ नक्षत्रलाई ४ ले गुणन गर्दा १०८ वटा नामाक्षर हुन आउदछ ।
ज्योतिषमा राशीलाई महत्वपूर्ण पाटो मानिएको छ, जन्म समय चन्द्रमा जुन राशिमा हुन्छ, त्यसैलाई जातकको जन्म राशि भनिन्छ , चन्द्रमा जुन नक्षत्रमा रहेको हुन्छ, त्यसैलाई जातकको जन्म नक्षत्र मानिएको हुन्छ । १२ वटा राशि, २७ वटा नक्षत्र , ९ वटा ग्रह यसैको संयोजनबाट नै भविष्यवाणी गरिन्छ।
ज्योतिषशास्त्रमा विशेष गरी वैदिक ज्योतिष मुख्य पाटो रहन जान्छ भने, त्यसैको आधारमा धेरै विधाहरु विकास भएको छ जस्तै अंकविज्ञान, कृष्णमूर्ति, नाडी, लालकिताब, प्रश्न ज्योतिष, हस्तरेखा लगायत धेरै पद्धति रहेका छन। यो संगै प्राचिन समय देखि हालसम्म पनि रहिआएको झारफूक, तन्त्रमन्त्र, लामा, झाक्रि, प्रेतसाधना, आखत हेर्ने, जोखाना हेर्ने आदिद्धारा पनि भविष्यवाणी गर्ने गरिन्छ ।
राशि, नक्षत्रहरु स्थिर हुन्छ भने ग्रहहरु गतिशील हुन्छन ग्रहहरु आफ्नै गतिमा भ्रमण गर्ने क्रममा राशि र नक्षत्रहरु परिवर्तन गर्दै जान्छन। जन्म समयको बेला आकाशिय ग्रहहरुको अवस्था हेरि जन्मकुण्डली निर्माण गरिएको हुन्छ । प्रत्येक ग्रहका आ–आफ्ना घरहरु निर्धारण गरिएको हुन्छ । जस्तै चन्द्रमाले कर्कट , सिंह राशिलाई सूर्यले आफ्नो घर मानेको हुन्छ । मेष र वृश्चिक राशि लाई मंगलले आफ्नो घर मानेको हुन्छ । शुक्रले वृष र तुला राशिलाई ,बुधले मिथुन र कन्या राशिलाई, गुरुले धनु र मिन राशिलाई र शनिले मकर र कुम्भ राशिलाई आफ्नो घर मानेका हुन्छन भने राहु र केतु छाया ग्रह भएको कारणले यिनीहरुलाई घरको स्वामित्व प्रदान गरिएको छैन।यि ग्रह जुन राशिमा वस्दछन्, त्यहि राशिको स्वामीत्व ग्रहण गर्दछन।
वैदिक ज्योतिष अनुसार, उच्च, निच, मित्र, सत्रु, स्वराशि, मूलक्रिकोण आदि भनेर ग्रह र राशिको सम्वन्ध छुट्टाइएको हुन्छ । ग्रहहरु उच्चको घरमा, आफ्नो घरमा, मित्रको घरमा वसेको वेला सुभ फल दिनेछ भने निच राशि अथवा शत्रुको घरमा वसेको वेला अशुभ फल प्रदान गर्दछ।
ग्रहका कारककत्वहरु निर्धारण गरिएको छ जस अनुसार सूर्य आत्माकारक, पिताकारक, ग्रहको राजा, सिंह राशिको स्वामी भएको कारण जातकमा पनि सिंहमा जस्तै स्वभाव, क्रूर ग्रहभएको हुनाले रिसाहा आदि । चन्द्रमा, मनको कारक, आमाको कारक, सुन्दरता तथा कल्पनाको प्रतिक भएकोले जातकमा पनि सुन्दरता, कल्पनाशिलता बढि देख्न सकिन्छ । मंगल भाइ वहिनीको कारक, साहस, पराक्रम तथा रातो रंगको प्रतिनिधित्व गर्ने भएको हुनाले, जातकमा पनि उग्रपन, रिसाहा, झैझगडा प्रिय भएको देख्न सकिन्छ, वृहस्पतिलाई देवगुरु र शुक्रलाई दैत्य गुरु भनेर चिनिन्छ, सोहि कारणले यी दुवै ग्रहको मिलनलाई राम्रो मानिदैन । देव ग्रह अन्तर्गत सूर्य चन्द्रमा, मंगलगुरुलाई लिइन्छ भने, असुर ग्रह शुक्र,शनि, राहु र केतुलाई लिइन्छ । देवराशि एकआपसमा अति मित्र मानिन्छ भने देव राशिले आफ्नो गुरु वृहस्पतिलाई मान्दछन। त्यस्तै अशुर राशि एकआपसमा मित्र मानिन्छन् भने अशुर राशिले शुक्रलाई गुरु मान्दछन् । सूर्य, गुरु,शुक्र,शनि, राहु , केतुसँग बुधको मित्रता हुन्छ भने चन्द्रमा र मंगल सँग सत्रुता रहन्छ।फलादेशको लागि ग्रहले दिने दृष्टिको पनि अति नै महत्वपूर्ण भूमिका रहन्छ।
फलादेशको क्रममा ग्रहको स्वभाव, बल, दृष्टि लगायत कुरा अध्ययन गरेर गरिन्छ, ज्योतिष कर्म र समयको विज्ञान हो। यसले हामीलाई जिवनको नक्सा देखाउँछ, ज्योतिष जीवनको पथप्रदर्शकको रुपमा रहेको छ यसको सहि प्रयोग गर्ने सके हरेक क्षेत्रमा मद्दत गर्नेछ।
aryaldinesh68@gmail.com
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक