Logo

बिहिवार, भाद्र ४ गते २०८३

आफ्नै भाषामा स्थान नाम राख्ने सम्बन्धमा बहस चलाऔं !

आफ्नै भाषामा स्थान नाम राख्ने सम्बन्धमा बहस चलाऔं !


 

 

    नेपालमा पनि अन्य देशमा झैँ आफ्नो देशभित्रका स्थान नामहरु खसमा नेपालका स्थानीय आदिवासी जनजातिका भाषा रहेका नामलाई राष्ट्रभाषा भनिने (खस–नेपाली) भाषाले आक्रमण गरेका विस्थापित भएका छन्, भने कतिपय स्थानीय आदिवासी जनजातिका भाषा रहेका नामलाई राष्ट्रभाषा भनिने  (खस–नेपाली) भाषालाई विदेशी भाषा त्यसमा पनि विशेषतः अंग्रेजी भाषाको नामले अतिक्रमण गरिरहेको देखिन्छ । कतिपय अवस्थामा लोकप्रिय व्यक्ति वा संस्थाका नाममा पनि चलिरहेको स्थान नामको नाम विस्थापित गरेको उदाहरणहरु देखिन्छ ।

      जस्तो कि पछिल्लो पटक नेपाल विदूत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक रहेका कूलमान घिसिङलाई हटाएपछि केही ठाउँ (चोक) को नामहरु कुलामन घिसिङ चोक’ राखिएको भन्ने समाचारहरु पनि हामीले पढेका थियौं । त्यसरी व्यक्ति विशेषको नाम पनि स्थापित भएको देखेका छौं । पछिल्लो समय विश्वका धेरै देशका सरकार र ती देशका जनताहरुले आ–आफ्नो देशभित्रका स्थान विशेषका नामहरु जो पहिले आफ्नो देशमा शासन गरेका विदेशी शासकहरुले राखेका नामहरु थिए, ती नामहरु फेरेर आफ्नो भाषामा राख्ने प्रचलन बढ्दो क्रममा रहेको छ । यस्तो कामकालागि विश्वका धेरै देशका राजनीतिक दलका नेताहरुले त राष्ट्रवादको कडीका रुपमा पनि प्रयोग गरेका छन् । आफु सत्तामको भर्याङ बनाएका छन्, भर्याङ बनाउने गरेका छन् । इतिहास हेर्दा देश विदेशीको शासन सत्ताको जाँतोमा पिल्सिएका थिए, ऊ वेलाका शासकले आपनो भाषा र आपनो शासक अथवा प्रसिद्ध व्यक्ति अथवा धार्मिक नामहरु राखेको थिए, । ती नामहरु अहिले आएर विदेशीले आपनो-आपनो देशका प्रसिद्ध व्यक्तिहरु,धार्मिक आदि नाममा राखेका स्थान नाम, हिमालको नाम, खोलानालाको नाम, सहरबजार आदिको नाम हटाएर वा भनौं विस्थापित गरेर सम्बधिन्त देशकै राष्ट्रको भाषा, प्रसिद्ध व्यक्ति, धार्मिक नेता आदिको नाम राख्न थालेका छन् । यस मामलामा अरु देशभन्दा भारत अलि अगाडि रहेको देखिन्छ । त्यस्तै आधा महादेशमा पर्ने अनि आधा एसिया महादेशमा पर्ने विगतमा ‘टर्की’ भनी चिनिने देशले गत वर्ष आपनो देशको पुरानो नाम ‘टर्की’लाई स्थापित गर्दै ‘तुर्किएँ’भनी राखेको छ । सो जानकारी आधिकारिक रुपमा टर्कीका अधिकारीहरुले संयुसक्त राष्ट्र संघ (संरासं) मा जनाउ पनि दिई सकेका छन् । राष्ट संघको आफ्नो आधिकारिक सुचीमा टर्कीलाई टर्की नभनी, तुर्किएँ लेखिने गरेको छ । त्यस्तै छिमेकी देश भारतको ‘पश्चिम बंगाल’को राजधानी कलकत्ता रहेको थियो भन्ने त हामीमध्ये धेरैलाई थाहा छ । तर, अहिले ‘कलकत्ता’ नाम फेरेर ‘कोलकाता’ बनाईएको छ । त्यस्तै अहिले ‘चेन्नई’भनेर चिनिने सरहको नाम पनि पहिले ‘मद्रास’ रहेको थियो । उता महाराष्ट्रको राजधानीको नाम पनि विगतमा ‘बम्बई’ रहेको थियो । त्यसै गरिकन दक्षिण एसियाली देशमा रहेको ‘बर्मा’ अहिले ‘म्यान–म्याँमार’ भएको छ।

    आफ्नो देशमा रहेका विदेशी भाषा र विदेशी व्यक्ति विशेषको नाममा रहेका हिमाल, सहर, बजारहरु व्यक्ति र को नाम मा देशहरुले आफ्नो साम्राज्य चलाएका वेला नाम राखेका थिए, तीती नामहरु हटाई सकेका छन् ।देशमा पनि ती साम्राज्यवादी देशका शासकहरुले आफ्नो देशको  भाषा,धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, चालचलन, का साथै मालसमान र खाने कुराहरु देशबाट लगेर त्यहाँका जनतालाई सित्तैमा वा एकदमै थोरै मुल्यमा बेचे भनिन्छ पछि त्यसरी सित्तैमा वा धेरै कम मुल्यमा बेचेका सरसामान, लत्तकपडा, भाँडा कुडा सँडा आदि पछि ४, ५ दोब्बर मुल्यमा बेचे ! जस्तो किदक्षिणा भारत जस्तो गर्मी ठाउँमा बेलायतीहरुले सित्तैमा चियापत्ती र चिनी वितरण गरेका थिए तर जब भारतको दक्षिणी क्षेत्र र अन्य गर्मी मौसम भएका क्षेत्रका भारतीयहरुमा चिया र चिनीको लत (स्वाद) ले छाड्नै नसक्ने स्थिति पैदा भयो, तब ती ठाउँमा परल मुल्य भन्दा धेरै बढी असुलदै चिया र चिनीको व्यापक बिक्री–वितरण शुरु गरे ।त्यस्तै अंग्रेजी भाषाको त कुरैरै नगरौं । किनभने ज–जसले जेजे भने तापनि अहिलेआएर विश्वभरिकै मानिसहरुले वैकल्पिक रुपमा बोल्ने भाषा ‘अंग्रेजी’ भएको छ ।

    आजका दिनमा जुनसुकै देशका मानिसहरु जति नै राष्ट्रवादी हु भन्ने मान्छेहरुले पनि आफ्नो जीवनमा एक पटक ‘कोट’ लाएकै हुन्छ । जबकि ‘कोट’ लगाउने स७३घढसरुवात ‘अंग्रेज’हरुले नै गरेका हुन् भन्ने आम बुझाई रहेको छ । यो बुझाई सत्य हो–होइन जाँच—परख गर्ने काम चाहिँ विज्ञ पाठकले नै गर्नू  होला । माथिको छोटो प्रसंग किन लेखेको हो भने, हाम्रो देशमा पनि धेरै हिमालका नाम विदेशी भाषामा रहेका छन् । विदेशी भाषामा पनि अंग्रेजी भाषामा नाम रहेका हिमाल अलि धेरै छन् । त्यसो त अंग्रेजी भाषाबाहेक फ्रेन्च, जर्मन, जापानीज, चिनियाँ, तिब्बतीलगायत अन्य विदेशी भाषामा पनि नेपाली हिमालका नाम रहेका छन् भने, हिन्धु देवीदेवताका नाममा रहेका हिमाल पनि निक्के धेरै छन् भने केही हिमालका नाम स्वदेशी तथा विदेशी प्रसिद्ध व्यक्तिहरुका नाममा पनि रहेका छन् । जस्तो ‘सगरमाथा’ हिमालकै उदाहरण लिऊँ । सो हिमाललाई आदि–अनादि कालदेखि उक्त हिमालको वरिपरि बस्दै आएका दक्षिण तर्फका जाति अन्य किराती, शेर्पा र उत्तर तर्फका तिब्बतमा बस्दै आएका आदिवासीहरुले ‘चोमोलङमा’ भन्थे–भन्छन् । तर विडम्बना के थियो भने, त्यो वेला आजको जस्तो सुचना, सञ्चार र प्रविधिको विकासले जगजगी मच्चाएको जमाना थिएन । त्यसैले सगरमाथाको दक्षिणतर्फ बस्ने, बसेका आदिवासी जनजातिहरुले आफ्नो मातृभाषाको नाम ‘चोमोलङमा’ अरुले हरेर,“सगरमाथा, एभरेस्ट थर्डपोल,...”लगायत अनेकौं नाम राखेको थाहा पत्तो पाएनन् ।

   यो लेखमा त्यस्ता केही उदाहरणहरु दिइएको छ । जस्तै कञ्चनजंघा क्षेत्रमा रहेको ‘किरात’लाई आजभोलि ‘टेन्ट पिक’ भन्ने गरिन्छ ।कञ्चनजंघा हिमाललाई लिम्बु जातिले आफ्नो भाषामा ‘सेवालसङ’÷‘सेन्छेलसङ’ भन्छन् । त्यस्तै नेपाली भाषामा हिमालको नाम विदेशी भाषामा रहेका छन । जस्तो कि, आईल्यान्ड पिक, पिक–२९ आदि ।

    त्यस्तै गरेर लाङटाङ हिमाल क्षेत्रमा चाहिँ मोरीमोतो नामको हिमाल र अर्को चाहिँ स्काउटका जन्मदाता बाडेन पावेलको नाममा ‘बाडेन पावेल हिमाल’ रहेको छ। ‘बाडेन पावेल’को खास नाम ‘उर्कीमा’ रहो । खोज्दै जाँदा हामी नेपाली जाति र नेपाली भाषामा रहेका विदेशी हिमालहरु पनि त होलान् नि ।

निनाम लोवात्ती

author

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक