टेलिभिजन अभिनेत्री आकांक्षा चमोला रियालिटी शो ‘लकअप’ को दोस्रो संस्करण (सिजन २) बाट बाहिरिएकी छन्। उनी शीर्ष ५ मा आफ्नो स्थान बनाउन असफल हुँदै शोबाट बाहिरिएकी हुन्। शोबाट बाहिरिएपछि आकांक्षाले सञ्चारमाध्यमसँग कुराकानी गर्दै आफ्ना गोप्य कुराहरू र आफूसँग जोडिएका विवादबारे खुलेर प्रतिक्रिया दिएकी छन्।
शोका क्रममा आकांक्षा उभयलिङ्गी (बाइसेक्सुअल) भएको खुलासा भएको थियो। प्रतियोगी श्रेयाले उनको यो रहस्य खोपेपछि आकांक्षाले पनि आफू ‘बाइसेक्सुअल’ भएको स्वीकार गरेकी थिइन्।
सञ्चारमाध्यमसँग कुरा गर्दै आकांक्षाले भनिन्, “अन्तर्राष्ट्रिय मञ्चमा गएर कसले भन्छ र मेरो सम्बन्धविच्छेद हुँदैछ भनेर रु पछि गएर यदि मैले ‘अरे मैले त यो सबै खेलका लागि मात्र गरेको थिएँ’ भनेर भनेँ भने के यस क्षेत्र (इन्डस्ट्री) ले मलाई स्वीकार गर्छ ?”
उनले अगाडि थपिन्, “म आफ्नो र मेरो श्रीमान्को मजाक किन उडाउँछुरु हाम्रो करिअरलाई किन नोक्सान पुर्याउँछु ? टीआरपीका लागि मैले यो सब गरेकी होइन। जे छ, त्यो सत्य हो।”
आफ्नो यौनिकता (बाइसेक्सुअलिटी) का बारेमा बोल्दै आकांक्षाले भनिन्, “म सार्वजनिक रूपमा किन बाइसेक्सुअल हुँ भनेर भनूँरु के म पागल हुँरु कुनै पनि मञ्चमा आएर आफू बाइसेक्सुअल भएको कुरा भन्नु कति ठूलो कुरा हो, आफ्नो यौनिकतालाई लिएर कसले झूट बोल्छ र? कसले गर्छ यस्तोरु अरू मानिसहरूले त्यसो गर्छन् भने पनि मैले गरेको छैन। मैले मेरो सत्यता स्वीकार गरेकी हुँ।”
आकांक्षाका अनुसार उनी र उनका श्रीमान् गौरवको सम्बन्धविच्छेदको प्रक्रियामा कानुनी टोलीले काम गरिरहेको छ। उनी विगत १८ महिनादेखि आफ्ना बाबुआमासँग बस्दै आएकी छन्। अभिनेत्री चमोलाले अब अरू कुनै पनि रियालिटी शो नगर्ने स्पष्ट पारेकी छन्। उनी टेलिभिजन, चलचित्र वा ओटीटी जुनसुकै माध्यममा भए पनि धेरै काम गर्न चाहेको बताउँछिन्।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक