काठमाडौँ । साझा यातायात सहकारीले ४० वटा बिजुली बस किन्ने भएको छ । सहकारीले बिजुली बस किन्नको लागि टेण्डर आह्वान गरेको हो। सहकारीले शुक्रबार गोर्खापत्रमा टेण्डर आह्वानका लागि सूचना जारी गरेकोछ।
पहिलो चरणमा ४० वटा बस खरिद गर्न लागेको सहकारीका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले जानकारी दिए। ‘हामीले ४० वटा बिजुली बस किन्न टेण्डर आह्वान गरेका छौं। बस काठमाडौं उपत्यकामा सञ्चालन गरिने छ,’ उनले भने।
उनका अनुसार बसको लम्बाई ९ मिटर रहने छ। उक्त बसमा बढीमा ५० सम्म यात्रु बोक्न सकिने क्षमता रहेको पाण्डेले बताए। उनका अनुसार बसमा अत्याधुनिक विशेषता हुनेछन्।
‘बसमा वाइफाई, टिभी, सिसी क्यामरा लगायतका विशेषता हुन्छन्,’ उनले भने। २०७५ पुस ९ गते सरकारले साझा यातायातलाई तीन सय बिजुली बस खरिद तथा सञ्चालन गर्न तीन अर्ब रूपैयाँ दिने निर्णय गरेको थियो।
दिइएको बसको स्पेसिफिकेसन परिर्वतन गरेको भन्दै गत असोज १ गते लिखित रूपमा मन्त्रालयले खरिद प्रक्रिया अगाडि नबढाउन साझालाई निर्देशन दियो।
गत माघमा साझा यातायातलाई बिजुली बस खरिद तथा संचालन गर्न दिएको तीन अर्बको ब्याजसहित फिर्ता माग्ने निर्णयसमेत गरेको थियो।
सरकारले तीन अर्ब रुपैयाँ फेरि साझालाई नै दिने र बस किन्न अनुमति दिने निर्णय लिएपछि कम्पनीले बस किन्न लागेको हो।

-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक