काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्दै छ । कम्पनीले बुक विल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ सर्वसाधारणमा जारी गर्न लागेको हो ।
जसमध्ये संस्थागत लगानीकर्ताका लागि २४ लाख कित्ता, उद्योग प्रभावित स्थानियका लागि ८ लाख कित्ता र कम्पनीका कर्मचारीसहित अन्य सर्वसाधारणमा २८ लाख कित्ता छुट्याइएको छ ।
आईपीओको अंकित मूल्य १०० भएपनि बुक विल्डिङ विधिबाट संस्थागत लगानीकर्ताहरुको मूल्याङ्कनका आधारमा सेयरमूल्य तय हुने कम्पनीले जनाएको छ ।
कम्पनीले आन्तरिक मूल्याङ्कन गर्दा प्रतिकित्ता ७५० भन्दा बढी मूल्य कायम हुने जनाएको छ । हाल ३ अर्ब ४० करोड चुक्तापूँजी रहेको उक्त कम्पनीको आईपीओ निष्कासन पश्चात ४ अर्ब पुग्नेछ । कम्पनीले आईपीओ निष्कासन तथा बिक्री गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको छ । कम्पनीले बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटललाई नियुक्त गरेको हो ।
बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धकमा नियुक्त गरेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनीले सहायक विक्री प्रबन्धकमा प्रभु क्यापिटल र एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
-ख्यामकान्त अर्याल हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक