Logo

मंगलवार, आश्विन २० गते २०८३

अ

पानाभरीका रेखाहरु ............... मन्जूला राजकर्णिकार

पानाभरीका रेखाहरु ............... मन्जूला राजकर्णिकार


पानाभरीका रेखाहरु ...............            मन्जूला राजकर्णिकार

केही स्पष्ट नभएको 
पानाभरीका आकृतिहरु विना अर्थका 
विना उदेश्य र विना प्रयोजन 
म त्यूही पानाभरीको जीवन हुं । सवतिर अस्पष्टता छ अनि अनिश्चिन्तता छ । 
न स्पष्ट रेखाहरु छन न स्पष्ट विन्दूहरु एक कूनामा नबूझिने बृत्तहरु
 
अर्को पट्ट्कयौ त्रिकोणहरु 
जथाभावी दौडिरहेका रेखाहरु 
यसरी सारा पाना भरीसक्यो, केरिसक्यो । एउटा अर्थ निकाल्न 
एउटा निश्चिन्त रेखा खिच्न 

अव त्यहा खाली ठाउनै बांकी छैन  च्यातिदेउ कोही मेरा यी पानाहरु । 
जलाईदेउ खरानी नहोउन्जेलसम्म सारा । 
हरेक पल्ट जव आंखा अगाडी आउछ यो पाना मेरो मूटू टूक्रिन्छ, 
मेरो व्यथा बल्झिन्छ कसले कसले हो यो पानाभरी यसरी खेलेको ? 
मेरो जीवनलाई बेअर्थ हूनेगरी केरेको । 

कोही देउ मलाई एउटा इरेजर  
म एउटा ठुलो खाली आकाश बनाउन चाहन्छू । यी सव केरमेरलाई मेटाएर । 
म एउटा विन्दूबाट रेखा खिच्न चाहन्छू संगै अर्को समानान्तर रेखा खिच्न चाहन्छू ।

 एउटा मेरो र एउटा तिम्रो लागि 
त्यो आकाश भरी हामी दूई मात्र हूनेछौ । 
मिलन विन्दू कहां थाहा नभए पनि 
संगसंगै हामी हिडिरहेका हूनेछौ । 
पानाभरी, बाटोभरी र जीवनभरी ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • घरबाटै  पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा   पक्राउ

    ११ असोज, कामना । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा पक्राउ परेका छन् ।उनी गएराति काठमाडौंको महाराजगञ्जस्थित घरबाटै पक्राउ परेका हुन् ।उनलाई अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ