Logo

बिहिवार, भाद्र ४ गते २०८३

मुक्तिनाथ विकास बैंकद्वारा नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (Biological Microscope) हस्तान्तरण

३ साउन, काठमाडौं ।

संस्थागत सामाजिक उत्तरदायित्व( CSR) कार्यक्रम अन्तर्गत मुक्तिनाथ विकास बैंकले नेपाल रेडक्रस सोसाइटी (NRCS), लुम्बिनी प्रदेशलाई ३ थान जैविक सूक्ष्मदर्शी (Biological Microscopes) हस्तान्तरण गरेको छ। नेपाल रेडक्रस सोसाइटी, लुम्बिनी प्रदेशद्वारा सुरक्षित तथा पर्याप्त रगत आपूर्ति सुनिश्चित गर्ने रक्त बैंक स्थापना परियोजनालाई सहयोग पु¥याउने उद्देश्यले प्रदान गरिएको  उक्तउपकरणले रगतमा रहेका रातो रक्तकण, सेतो रक्तकण तथा प्लेटलेट्समा देखिने असामान्यताको पहिचान गर्न सहयोग पु¥याउनुका साथै रगतको उपयुक्तता परीक्षण, रगत संकलन, प्रशोधन, परीक्षण तथा भण्डारण प्रक्रियाको गुणस्तर नियन्त्रणलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ।

यस सहयोगमार्फत मुक्तिनाथ विकास बैंकले सुरक्षित, गुणस्तरीय तथा भरपर्दो रक्तसञ्चार सेवाको सुदृढीकरण एवं जनस्वास्थ्य सेवाको प्रवद्र्धनमा योगदान पु¥याउनेविश्वास लिएकोछ।

कामना न्यूज

सम्बन्धित समाचार
विशेष सबै
  • नाग पञ्चमी पर्व – पौराणिक मान्यता, नेपालका गाउँघरमा नागथानमा पूजा गर्ने र घरमा नाग टाँस्ने परम्परा

    -ख्यामकान्त अर्याल  हिन्दू धर्मावलम्बीहरूको एउटा पवित्र र सांस्कृतिक पर्व– नाग पञ्चमी । साउन महिनाको शुक्ल पक्षको पञ्चमी तिथिका दिन मनाइने यस पर्वको नेपाली समाजमा आफ्नै मौलिक